काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकमा ३० वर्ष लामो अनुभव संगालेका केशवप्रसाद लम्साल एनआईसी एशिया बैंकको सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालकमा नियुक्त भएका छन्।
बैंक सञ्चालक समितिको आज बसेको बैठकले आजैदेखि लागू हुने गरी लम्साललाई सञ्चालकमा नियुक्ति गरेको हो। नवनियुक्त सञ्चालक लम्सालले बैंकका सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालबाट पद तथा गोपनीयताको सपथ ग्रहणसमेत गरेका छन्।
अर्थशास्त्र एवं बिजनेस एडमिनिस्टे«सनमा स्नातकोत्तरसम्म अध्ययन गरेका लम्सालले राष्ट्रिय वाणिज्य बैंकमा विभिन्न विभागहरुको नेतृत्व सम्हाल्दै नायब प्रमुख कार्यकारी अधिकृत पदबाट अवकाश लिएका थिए।
बैंकको सेयरधनी समूहबाट सञ्चालकका रुपमा नियुक्त लम्साललाई बैंकले सफल कार्यकालको कामना गरेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago