काठमाण्डौ । एनआईसी एशिया क्यापिटल लिमिटेडको अध्यक्षमा सन्तोषकुमार राठी नियुक्त भएका छन्।
फागुन ८ गते सम्पन्न सञ्चालक समितिको बैठकको निर्णयबमोजिम सोही दिनदेखि लागू हुने गरी क्यापिटलको अध्यक्षमा राठीलाई नियुक्ति गरिएको हो। राठीको बैंंकिङ क्षेत्रमा करिब २० वर्षको अनुभव रहेको छ। राठीले हासिल गरेको लामो कार्यअनुभव तथा उच्च व्यवस्थापकिय क्षमताले गर्दा आगामी दिनमा क्यापिटलको समग्र व्यवसाय विस्तार र क्यापिटलबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाई क्यापिटलले थप नयाँ उचाइ चुम्ने विश्वास क्यापिटलले लिएको छ।
एनआईसी एशिया क्यापिटलले चालु आ.व. २०७९–८० को दोश्रो त्रैमाससम्मा रु.५ करोड ६१ लाखभन्दा बढी खुद मुनाफा आर्जन गरी प्रति सेयर आम्दानी रु.५६.१० कायम गर्न सफल भएको छ। क्यापिटल स्थापना भएको छोटो अवधिमा नै चालु आ.व. २०७९–८० को दोस्रो त्रैमास अन्त्यसम्म एनआईसी एशिया बैंक म्युचुअल फन्डअन्तर्गत ४ वटा बन्दमुखी र एउटा खुलामुखी योजना गरी जम्मा ५ वटा योजनाहरु सञ्चालन गरिरहेको छ।
यसका साथै क्यापिटलले खुलामुखी योजना ‘एनआईसी एशिया डाइनामिक डेप्ट फन्ड’मा सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान (एसआईपी) तथा सिस्टमेटिक विथड्रल प्लान (एसडब्ल्यूपी)समेत सञ्चालन गरिरहेको छ।
लगानी व्यवस्थापन सेवाअन्तर्गत ‘मेरो लगानी, मेरो भविष्य’ भन्ने मूल नाराका साथ ग्राहकमुखी नवीनतम् योजनाहरु सञ्चालन गरीे आ.व. २०७९–८० को पौष मसान्तसम्ममा ५८६ जना ग्राहकहरुबाट रु.१ अर्व ५६ करोडभन्दा बढी रकम संकलन गरी लगानी व्यवस्थापन सेवा उपलब्ध गराइरहेको छ। निक्षेप सदस्य सेवाअन्तर्गत पौष मसान्त, २०७९ सम्म ६ लाख ३० हजारभन्दा बढी डिम्याट खाता खोली ८४ वटा निक्षेप सदस्य कम्पनीहरुमध्ये पहिलो स्थान हासिल गर्न सफल भएको छ। क्यापिटलले मर्चेन्ट बैंकिङ सेवाअन्तर्गत २०७९ साल पौष मसान्तसम्ममा १४ वटा कम्पनीको सेयर रजिस्ट्रारसम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ। यसका साथै क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोष सञ्चालन गर्नका लागि स्वीकृति प्राप्त गरिसकेको र विशिष्टीकृत लागनी कोषअन्तर्गतको योजना निकट भविष्यमा ल्याउन लागिएको व्यहोरा जानकारी गराइन्छ।
हाल क्यापिटलले आफ्नो सेवालाई सर्वसुलभ र प्रविधिको प्रयोगमार्फत ग्राहकमाझ पुर्याउन डिम्याट तथा मेरो सेयर खाता खोल्ने, नवीकरण गर्ने, एसआईपीसहित खुलामुखी योजनाको इकाइको खरिद पूनखरिद र लगानी व्यवस्थापन सेवासमेत अनलाइनमार्फत लिन सकिने व्यवस्था मिलाएको छ। यसका साथै आगामी दिनमा क्यापिटलबाट प्रदान गरिने सम्पूर्ण सेवाहरुलाई डिजिटलाइज रुपमा उपलब्ध गराउने रणनीति लिएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago