काठमाण्डौ । एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत बैंकमा बचत खाता खोलेकी अन्नु श्रेष्ठलाई खातामा उपलब्ध घातक रोग बीमाबापत रु. १० लाख बीमा रकम भुक्तानी गरेको छ।
बैंकको जावलाखेल शाखामा ‘सर्बश्रेष्ठ बचत खाता योजनाअन्तर्गत’ सर्वश्रेष्ठ बन्डल सहज बचत खाता खोलेकी श्रेष्ठलार्ई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले उक्त बीमा रकमबराबरको चेक हस्तान्तरण गरेका हुन्। बैंकले सो बीमा रकम नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको हो।
बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजनाअन्तर्गत हालसम्म देशभरका २०८० जनाभन्दा बढी ग्राहकले घातक रोग बीमाबापत रु. ३ करोड, दुर्घटना बीमाबापत रु. १ करोड ३० लाख र मेडिकल बीमाबापत रु. ३ करोड ६७ लाख गरी कुल रु. ७ करोड ९८ लाखभन्दा बढी बीमा रकम प्राप्त गरिसकेको छ।
देशको दूरदराजमा रहेका लाखौँ ग्राहकमाझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङको अभ्यास गर्दै आइरहेको बैंकले निक्षेप रकममा अधिकतम प्रतिफल दिने उद्देश्यका साथमा ४ जनालाई ५ वर्षका लागि रु. ८४ लाखसम्मको बीमा सुविधा रहेको ‘सर्वश्रेष्ठ बचत योजनाहरु’ सञ्चालन गरिरहेको छ। यस योजनामा सर्वाधिक उच्च ब्याजदर, ५ वर्षसम्म रु. ८४ लाखसम्मका ३ बीमा (१८ वटा घातक रोगको बीमा, दुर्घटना बीमा र मेडिकल बीमा) सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरु, ३ कर्जासम्बन्धी सर्वश्रेष्ठ फाइदाहरु र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरु गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरु समावेश छन्।
यसका साथै यस बचत योजनाअनुसार ग्राहकले प्राप्त गर्ने बीमा, कर्जासम्बन्धी सुविधाहरुलगायत डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्रेडिट कार्ड, प्रिपेड डलर कार्ड, डिम्याट खाता, मेरो सेयर खाता, ई–कमर्श सेवा, चेक क्लियरिङ, आरटीजीएस, आईपीएस÷सी आईपीएस÷फन्ड ट्रान्सफर, लकर मार्जिन, लकर सेवा र एटीएम सेवाहरु ग्राहक एवं निजले मनोनित गरेका अन्य ३ व्यक्तिहरुका लागिसमेत ५ वर्षका लागि पूर्ण रुपमा निःशुल्क हुने व्यवस्था बैंकले गरेको छ।
एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ सञ्जालहरु भएको बैंकहरुमध्येको बैंक हो। यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालय, ४७३ एटीएम, १०६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ।
देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रुपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ। देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रु. १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रु.३ अर्ब ४१ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन बैंक सफल भएको छ। जुन समग्र देशको अन्य कम्पनीहरुको तुलनामा छैटौँ ठूलो योगदान रहेको कम्पनीहरुमध्येको हो।
वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ। देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरु स्थापना गरेको छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19