काठमाण्डौ । एनआईसी एशिया बैंकले आफ्नो २६औँ वार्षिकोत्सव मबनाउँदैछ। 

२६ वर्षअघि आजकै दिन सबै सरोकारवालाको पहिलो रोजाइको बैंक बन्ने संकल्पका साथ एनआईसी एशियाको सुरुआत भएको हो। आत्मीय सहयात्राको फलस्वरुप देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै २६ औँ वार्षिकोत्सव मनाउन गइरहेको बैंकले जनाएको छ। 

यस अनवरत यात्रामा अगाध स्नेह एवं भरोसा दर्शाइ सबैको ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्न अतुलनीय योगदान दिने समस्त ग्राहक, नियमनकारी निकाय, सेयरधनी, कर्मचारीलगायत सम्पूर्ण सरोकारवालाप्रति बैंकले आभार प्रकट गरेको छ। 

‘नेपालको वित्तीय क्षेत्रमा आज हामी जहाँ छौँ र जे छौँ, त्यसको सम्पूर्ण श्रेय यहाँहरुलाई नै जान्छ’, बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आगामी दिनमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभवसहितको बैंकिङ सेवा एवं सुविधा प्रदान गर्दै थप नयाँ उचाइ र आयाम सहित ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्ने अठोट गर्दछौँ ।’