काठमाण्डौ । विश्व लगानीकर्ता सप्ताह–२०२३ तथा नेपालीको महान चाड बडादसैँ, तिहार, नेपाल संवत् ११४४ तथा छट पर्वका अवसरमा एनआईसी एशिया क्यापिटलले ‘एक नेपाली, एक डिम्याट खाता’ अभियानलाई अझ प्रभावकारी रुपमा देशव्यपी सञ्चालन गर्ने मुख्य उद्देश्यका थप सुविधा ल्याएको छ। 

एनआईसी एशिया क्यापिटल र शाखा कार्यालयहरु तथा एनआईसी एशिया अनलाइन डिम्याट सेवाबाट आज असोज १४ गतेदेखि मंसिर १५ गतेसम्म निःशुल्क रुपमा डिम्याट खाता तथा मेरो सेयर खाता खोलिदिने र पहिलो वर्षको डिम्याट खाता सञ्चालन शुल्कमा छुट दिने सुविधा ल्याएको हो। 

हाल एनआईसी एशिया क्यापिटलको निक्षेप सदस्य सेवाअन्तर्गत सञ्चालनमा रहेका विशेष अफर तथा योजना निम्नानुसार छन्– 

यी योजना २०८१ साल आसार मसान्तसम्म सञ्चालनमा रहनेछन् । साथै, यस क्यापिटल तथा एनआईसी एशिया बैंकको शाखा कार्यालयहरुबाट डिम्याट र मेरो सेयर खाता तथा क्यापिटलबाट उपलब्ध माथि उल्लेखित योजनाहरुको सम्बन्धमा थप जानकारीका लागि क्यापिटलको मोबाइल नम्बरहरु ९८४७३४५०९९, ९८४७३४५१०७ र ९८४८८६५२२३ मा सोझै सम्पर्क गर्न सकिनेछ।