काठमाण्डौ । एनआईसी एशिया क्यापिटलले विश्व लगानीकर्ता सप्ताह-२०२३ को अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ ।

जसअन्तर्गत कम्पनीले  लगानीकर्ता सप्ताहको अवसरमा लगानीकर्ता तथा सर्वसाधारणहरुलाई साक्षर र सुसूचित गराउने उद्देश्यका साथ विभिन्न जानकारीमुलक सामग्री अर्थात् भिडियो सन्देश प्रसारण गरेको बताएको छ ।

उक्त जानकारीमुलक भिडियोमा वैदेशिक रोजागारीमा रहेका नेपालीहरुलाई छुट्याइएको शेयर खरिद आवेदन दिँदा ध्यान दिनुपर्ने कुराहरु, सर्वसाधारणमा निष्कासन गरेको शेयर बाँडफाँट प्रक्रिया, धितोपत्रको दोश्रो बजार, मुद्रा बजार उपकरणहरु, सामूहिक लगानी कोषबारे उल्लेख छ । 

त्यसैगरी, दोश्रो बजारमा सूचीकृत कम्पनीहरुमा लगानी गर्दा कहिले/कसरी लगानी गर्न सकिन्छ तथा लगानी सम्बन्धी निर्णय लिंदा विशेष ध्यान दिनुपर्ने कुरालगायत सूचीकृत कम्पनीहरुमा लगानी सम्बन्धी निर्णय गर्दा स्कोरबोर्डको प्रयोग सम्बन्धमा सामग्री तयारी पारी प्रसारण गरिएको छ ।


यसैबीच कम्पनीले स्थापनाकालदेखि नै संस्थागत सामजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताएको छ । त्यसैगरी, कम्पनीले विश्वलगानीकर्ता सप्ताह तथा बडादसैं, तिहार, नेपाल सम्बत तथा छठ पर्वको अवसर पारेर निःशुल्क लगानी व्यवस्थापन सेवा सञ्चालन गरेको गरेको पनि बताएको  छ। 

कम्पनीले असोज २१ गतेदेखि मंसिर १५ गतेसम्म आबद्व हुने ग्राहकहरुलाई निःशुल्क लगानी व्यवस्थापन सेवासहित विशेष अफर योजनाहरु  सार्वजनिक गरेको छ ।