काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले विभिन्न जिल्लाका विभिन्न स्थानमा वित्तीय साक्षरता आयोजना गरेको छ ।
कम्पनीले मंसिर १४ गतेदेखि यता सिसहनिया, छिन्चु, सिम्ली, थलह, बड्डिचौर,जुम्ला, नारायणपुर, दुर्गौली, पिपलटार,फर्पिङ, अमरगढी, भिमाद शाखामार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले उक्त कार्यक्रम सम्पन्न गरेको बताएको छ ।
विद्यार्थीहरुमा वित्तीय चेतना अभिवृद्धि गराउने उद्देश्यले कम्पनीले दर्जन बढि बिद्यालयहरुका ३०० बढि विद्यार्थीलाई वित्तीय साक्षरतासम्बन्धी जानकारी दिएको उल्लेख गरेको छ ।कम्पनीले बालबालिका र युवा वर्गलाई लक्षित गरि यसपटकको वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको बताएको छ।
वित्तीय सेवा र पहुँचको अवसरबाट वञ्चित दुर्गम ग्रामीण क्षेत्रमा बसोबास गर्ने सर्वसाधारण र वित्तीय कारोबारबारे बिद्यार्थीहरुलाई केन्द्र बिन्दुमा राखेर विद्यालय तहमै वित्तीय प्रणालीको आधारभूत ज्ञान हासिल गराउने उदेश्यले कार्यक्रम आयोजना गरेको पनि कम्पनीले बताएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19