काठमाण्डौ ।  एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा सरिता गौतम नियुक्त भएकि छन् ।

कम्पनीको पुस १गते बसेकोे सञ्चालक समितिको बैठकले रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा नागार्जुन-२, काठमाण्डौ निवासी  गौतमलाई नियुक्त गरेको हो । 

नवनियुक्त स्वतन्त्र सञ्चालक गौतम पुस १ गतेबाट प्रचलित कानून तथा नियमानुसार कम्पनीका अध्यक्ष सन्तोष कुमार राठीसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरी पद बहाल गरेकि छन् ।

करिब १० वर्षको विभिन्न क्षेत्रहरुमा कार्यानुभव रहेको उनले नेपाल धितोपत्र बोर्डको विभिन्न विभागमा अधिकृत तहमा समेत कार्य गरेकि थिइन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसेले उच्चतम अनुभव प्राप्त व्यक्तिलाई सञ्चालक समितिले स्वतन्त्र सञ्चालकमा नियुक्त गरेकोमा खुशी प्रकट गर्दै स्वागत गरेका छन् ।