काठमाण्डौ । एनआईसी एशिया क्यापिटल लिमिटेडले आफ्नो तेस्रो वार्षिकोत्सवमा बिहीबार ‘माक्स’ र ‘सेनिटाइजर’ वितरण गरेको छ। 

क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पवित्र धार्मिक स्थल पशुपति क्षेत्र विकास कोष परिसरमा रहेको बृद्ध आश्रममा बसोवास गर्ने बृद्ध बुवाआमाहरु तथा नेपाल वेदविद्याश्रम संस्कृत माध्यमिक विद्यालय, वनकाली, काठमाडौंमा अध्यानरत विद्यार्थीहरुलाई पछिल्लो समयमा विश्व भर फैलिरहेको करोना भाईरस सर्नबाट बच्न अत्यन्तै महत्वपूर्ण भुमिका खेल्ने माक्स तथा सेनिटाइजर वितरण गरेको हो। 

क्यापिटलले समय समयमा बाग्मती नदी सरसफाई अभियानमा सहभागी हुने, स्कुल, कलेज, आर्मि पुलिसको ब्यारेकहरुमा वित्तीय संक्षरता कार्याक्रम संचालन गर्ने तथा डिम्याट खाताको साथै लगानी व्यवस्थापनको आवश्यकता र महत्वको सम्बन्धमा आम नेपालीमा जानकारी गराउने उदेश्यका साथ “एक नेपाली, “एक डिम्याट खाता” अभियानसमेत संचालन गरिरहेको छ। 

यसका साथै भविष्यमा समेत संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम संचालन गर्दौ जाने क्यापिटललको लक्ष्य रहेको छ।