काठमाण्डौ । खल्तीले एनएमबि बैंकसँगको सहकार्यमा एनएमबि बैंक खाता खल्तीमा लिंक गर्ने सेवालाई विशेष रुपमा सक्रिय गरेको छ। अब एनएमबि प्रयोगकर्ताहरुले आफ्नो बैंक खाता लिंक गरि केही ट्यापमा छिटो र सहज भुक्तानी गर्न सक्नेछन्। 

खल्ती प्रयोगकर्ताले पहिलो पटक खल्तीमा एनएमबि बैंक लिंक गरे बापत रु. १०० बोनस पाउनेछन्। साथै, एक भाग्यशाली प्रयोगकर्ताले बम्पर पुरस्कारको रुपमा स्मार्टफोन जित्ने मौका पनि पाउनेछन्।

बोनस खल्तीमा पहिलो पटक आफ्नो बैंक खाता लिंक गरि पहिलो भुक्तानी पुरा गरेका प्रयोगकर्ताहरुका लागि लागु हुनेछ। साथै, यस अफर अवधिमा आफ्नो लिंक गरिएको बैंक खाताबाट भुक्तानी गर्ने प्रयोगकर्तामध्ये दुईजना भाग्यशाली प्रयोगकर्ताले अफर सकिए लगत्तै लक्कीड्र मार्फत स्मार्टफोन पनि जित्नेछन्। खल्ती प्रयोगकर्ताहरुले बैंक खाता लिंक गर्नका लागि उनीहरुको केवाईसी प्रमाणित हुनुपर्छ। 

यस अफरको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘खल्तीसँग आफ्नो बैंक लिंक गर्न उत्सुकतापूर्वक पर्खिरहेका सबै एनएमबी प्रयोगकर्तालाई प्रोत्साहित गर्न हामीले यो अफर ल्याएका हौँ। साथै बैंक लिंक गर्ने यो सुविधाले भुक्तानी सहज मात्र नभई स्वतन्त्र रुपमा पैसा व्यवस्थापन गर्न पनि मद्दत गर्दछ।’ 

खल्तीको बैंक लिंक सुविधाले प्रयोगकर्ताहरुले युटिलिटी बिल, क्यूआर स्क्यान गरी भुक्तानी, उडान टिकट, बीमा भुक्तानी, मुभी टिकट, अन्य बैंक खातामा रकम ट्रान्सफर गर्नेजस्ता अन्य धेरै भुक्तानी सीधै र छिटै लिंक गरिएको बैंक खाताबाट गर्न सक्दछन्। यो अफर चैत २१  देखि जेठ ५, २०८०  सम्म लागू हुनेछ। साथै, यदि बैंक खाता लिंक गरिएको छ भने खल्ती प्रयोगकर्ताले वालेट ब्यालेन्स लोड गर्न आवश्यक पर्दैन।

आईओएस २७००१ः२०१३ बाट मान्यता प्राप्त साथै भर्खरै ध्क्ष्त्क्ब् न्यिदब िक्ष्ललयखबतष्यल ७ त्भअज भ्हअभििभलअभ ब्धबचमक द्दण्द्दद्द बाट सम्मानित खल्ती आफ्नो सेवाको छैटौँ वर्षमा पुगेको छ। खल्तीमा हाल २५ लाखभन्दा बढी प्रयोगकर्ता र ६० हजारभन्दा बढी एजेन्ट नेटवर्कसँगै देशभर को परिवारमा वृद्धि गरेको छ। सबै नेपालीमा वित्तीय साक्षरता ल्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवामार्फत बिल भुक्तानी, मोबाइल र टीभी रिचार्ज, हवाई र सिनेमा टिकट बुकिङ, बीमा शुल्क, ई–कमर्सहरु, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिल र थुप्रै डिजिटलाइज्ड सेवा उपलब्ध गराएको छ।