काठमाण्डौ । एनएमबि बैंकको पुतलीसडक शाखामा एक समारोहका बीच एनएमबि ई- पेमेन्ट हबको उद्घाटन गरिएको छ ।
यस हबको प्रयोग गरी ग्राहकहरुले भिसाशुल्क भुक्तानी, विदेशस्थित शिक्षण संथामा विद्यार्थी भर्ना आवेदन शुल्क, PTE, SAT, USMLE, Flywire, Swift, GRE, ACCA जस्ता विविध अनलाइन भुक्तानी सेवा लिन सक्ने छन् ।
एनएमबि ई- पेमेन्ट हब स्वीकृत विद्युतीय भुक्तानी उपकरणहरू प्रयोग गरी ग्राहकहरूका लागि सहज र झन्झटमुक्त भुक्तानी सेवा अनुभव सुनिश्चित गर्दै उत्कृष्ट ग्राहक सेवा प्रदान गर्न प्रतिबद्ध रहेको कम्पनीले बताएको छ ।
द फाइनान्सियल टाइम्स, लन्डनको ’द बैंकर म्यागजिन’ ले एनएमबी बैंकलाई प्रतिष्ठित बैंक अफ द इयर एसिया २०२१ बाट सम्मानित गरेको छ ।
कम्पनीले २०१७, २०१८, २०२० र २०२१ मा बैंक अफ द इयर पनि पाएको छ।
कम्पनीले हाल २०१ वटा शाखा, १४९ वटा एटीएम र १२ वटा एक्सटेन्सन काउन्टरमार्फत सेवाहरू प्रदान गर्दै आइरहेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19