काठमाण्डौ। एनएमबि क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दीपेशकुमार वैद्य नियुक्त भएका छन्।

कम्पनी सञ्चालक समितिको बैठकले एनएमबि क्यापिटलको सीईओमा वैद्यलाई नियुक्त गरेको हो। स्वदेशी तथा विदेशी मर्चेन्ट बैंकिङ क्षेत्रमा २० वर्षभन्दा बढी अनुभव भएका वैद्य यसअघि विभिन्न स्वदेशी मर्चेन्ट बैंकिङ कम्पनीहरुमा सीईओका रुपमा कार्य अनुभव रहेको छ।  

नवनियुक्त सीईओ वैद्यले आज चैत ६ गतेदेखि आफ्नो कार्यभार सम्हालेका छन्।