 
                     
                                
                             
                                    काठमाण्डौ । एनएमबि बैंकले नयाँ वर्ष २०८० को उपलक्ष्यमा नयाँ वर्ष, नयाँ धमाका नारासहित एनएमबि सजिलो क्यूआर कर्जाको सुरुवात गरेको छ ।
नेपाल सरकारले लिएको डिजिटल नेपालको अवधारणालाई आत्मसाथ गर्दै यस बैंकले सर्वसाधारणसम्म वित्तीय पहुँच सुनिश्चितताका लागि आर्टिफिसियल ईन्टेलिजेन्स(एआई)मा आधारित आन्तरिक प्रविधिको विकास गरी बैंकको क्यूआर प्रणालीमा आबद्ध साना, मझौला तथा घरेलु उद्यमको आकस्मिक वित्तीय आवश्यक्तालाई ध्यानमा राखी रु. २ लाखसम्मको एनएमबि सजिलो क्यूआर कर्जा प्रदान गर्नेछ ।
अर्थतन्त्रमा वास्तविक रुपले विद्युतीय कर्जा प्रणालीको बिस्तार गर्ने, कर्जा प्रक्रियालाई सरलीकृत गर्ने र कर्जाको लागत कम गर्ने उद्देश्यका साथ सुरु गरिएको यस कर्जाबाट ग्राहकहरुको ब्यवसायलाई आवश्यक आकस्मिक वित्तीय आवश्यक्ता पूरा गर्न मद्दत पुग्न गई व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्नुको साथै बैंकले प्राथमिकतामा राखेको डिजिटाईजेशनको लक्ष्य प्राप्तिमा कोशेढुङ्गा सावित हुने बिश्वास लिएको छ ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19