काठमाण्डौ । टीभीएस मोटर कम्पनीका लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले बुटवलमा दोस्रोपटक एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ। 

यो राइड टीभीएसको बुटवल शोरुम (बालाजी  अटोमोबाइल्स)बाट सुरु भएर बुटवलको बनबाटिका पुगेर समापन भएको थियो। राइडमा सहभागीहरुबीच विभिन्न गेमहरु पनि खेलाइएको थियो। यसका साथै सहभागी सम्पूर्ण राइडरलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुका साथै एक अनुशासित राइडरलाई मेडल पनि प्रदान गरिएको थियो।

करिब ४० जना राइडर सहभागी भएको राइड सम्पूर्ण सुरक्षा सावधानीका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ। 

यसका साथै राइडमा प्राविधिक टिमले विभिन्न सडक सुरक्षाका बारेमा जानकारी प्रदान गर्नुका साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको थियो।