काठमाण्डौ । टीभीएस मोटर कम्पनीका लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले महेन्द्रनगरमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ। 

गत वैशाख ९ गते शनिबार आयोजना भएको यस राइड टीभीएसको महेन्द्रनगर (महामाया ट्रेड  एन्ड सप्लायर्स महेन्द्रनगर, कञ्चनपुर) बाट सुरु भएर दोधारा– अतिथि रिसोट पुगेर समापन भएको थियो। 

राइडमा सहभागीहरुबीच विभिन्न गेमहरु पनि खेलाइएको थियो। साथै सहभागी सम्पूर्ण राइडरहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुका साथै एक अनुशासित राइडरलाई मेडल पनि प्रदान गरिएको थियो।

करिब ५० जना राइडर सहभागी भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ। साथै, राइडमा प्राविधिक टिमले विभिन्न सडक सुरक्षाका बारेमा जानकारी प्रदान गर्नुका साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको थियो।