काठमाण्डौ। नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेड (एनबीआई) र गोर्खाज फाइनान्स लिमिटेडबीच तालिम कार्यक्रम सञ्चालनसम्बन्धी आज सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

सम्झौतापत्रमा गोर्खाज फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लालबहादुर थिङ र एनबीआईका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका छन्। 

यस सम्झौताअनुसार एनबीआईले गोर्खाज फाइनान्सका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउनेछ।