NB Insurance
काठमाण्डौ । एनबी इन्स्योरेन्स कम्पनी लिमीटेडले आफ्ना सेयरधनीलाई ८० प्रतिशत हकप्रद दिने भएको छ ।
कम्पनीको यो प्रस्ताव अहिले अन्तिम स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा विचाराधीन अवस्थामा रहेको छ । पूँजी वृद्धिको योजनाका साथ यो कम्पनीले यति ठूलो मात्रामा हकप्रद निश्कासन गर्न लागेको हो ।
नेपालका एक मात्र क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालले एनबी इन्स्योरेन्स कम्पनी लिमीटेडले जारी गर्न लागेको १२ लाख कित्ता हकप्रद सेयरलाई ‘आइपीओ ग्रेड ४’ को रेटिङ प्रदान गरेको छ । ग्र्रेड १ उत्कृष्ट कम्पनीलाई दिइन्छ भने त्यसपछि क्रमशः ग्रेड ५ सम्मको रेटिङ क्रमशः कमजोर कम्पनीहरुको सेयरलाई दिइन्छ ।
यो कम्पनीले १०ः८ को अनुपात अर्थात ८० प्रतिशत हकप्रद सेयरको प्रस्ताव बोर्डमा पेश गरेको छ । यसको अर्थ १०० रुपैयाँ अंकित मूल्यका १२ लाख कित्ता हकप्रद यो बिमा कम्पनीले निश्कासन गर्न लागेको हो ।
एनबी इन्स्योरेन्सको हकप्रद निश्कासनमा ग्लोबल आइएमई क्यापिटल लिमीटेड बिक्री प्रबन्धको रुपमा नियुक्त भइसकेको छ ।
यो कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमास अवधिमा २ करोड २० लाख रुपैयाँ खूद नाफा आर्जन गरेको छ । यो कम्पनीको हाल चुक्तापूँजी २४ करोड ४९ लाख रुपैयाँ रहेको छ । हकप्रद जारी गरेपछि यो कम्पनीको चुक्तापूँजी ४४ करोड ८ लाख रुपैयाँ पुग्नेछ ।
9 months ago
9 months ago
9 months ago
9 months ago
9 months ago
9 months ago
9 months ago
9 months ago
9 months ago
9 months ago