काठमाण्डौ । नेपाली युवा उद्यमी मञ्च र सलिको इन्स्योरेन्स कम्पनी(एनवाइईएफ) को सहकार्यमा ‘ एनवाइईएफ स्टार्ट अप अवार्ड’ को घोषणा गरिएको छ । एनएमबी बैंक प्रायोजक रहेको अवार्ड समारोह आगामी पुस २७ गते आयोजना हुनेछ ।
गहन रुपमा गरिएको मूल्यांकन,मेन्टरशीप र पिच सेसनपछि १५० जना आवेदकबाट अन्तिम चरणका लागि ७ जना स्टार्ट अप छनौट गरिएको छ । अन्तिम चरणमा छनौट हुन सफल स्टार्ट अपहरु,बिबाबु,भुमिथान,ब्ल्यांजर,दुरशिक्षा,गल्ली,पेट मामा र क्वीकफक्स रहेका छन् ।
अन्तिम छनौटमा पर्न सफल यी ७ वटै स्टार्टअपलाई अवार्ड प्रदान गरिनेछ ।
‘हामी यस महत्वपूर्ण अवसरको अन्त्यमा छौँ, आयोजक टोलीले निर्बाध र प्रभावकारी कार्यक्रम सुनिश्चित गर्न चार महिना भन्दा बढी अथक परिश्रम गरेको छ। अन्तिम अवार्ड समारोहको अन्तिम दिनलाई सफल र भव्य बनाउन उत्साहित छौँ ।’ एनवाइईएफ काठमाण्डौकी अध्यक्ष प्रार्थना साखाले भनिन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19