काठमाण्डौ । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) ले पहिलोपटक मेची महाकाली मोटर -याली यही २०२२ मार्च २४ देखि २८ सम्म आयोजना गरेको छ । 

उक्त मोटर -यालीको नारा ‘आन्तरिक पर्यटनको लागि सबैसँगै’ रहेको छ । 

यस कार्यक्रमले आपसी भाइचारा र आन्तरिक पर्यटनमा सहयोग पुग्ने उद्देश्य राखिएको छ । विभिन्न च्याप्टरहरुबाट ९० भन्दा बढी सदस्य तथा युवा उद्यमीहरु यसमा सहभागी छन्। 

नेपाल पर्यटन बोर्डका मुख्य कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले बोर्डको केन्द्रीय कार्यालयमा बिहान बिहान १० बजे झन्डा हल्लाएर मोटर -यालीको उद्घाटन गरी सहभागी टीमलाई बिदाई गर्नु भएको थियो ।

एनवाईईएफका अध्यक्ष उदीप श्रेष्ठका अनुसार आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न यो मोटर -याली देशव्यापी रुपमा आयोजना गरिएको हो र यसको मुख्य उद्देश्यहरुमा –

  • जनतालाई अभिप्रेरित गर्ने एक प्रकारको छुट्टै खेलजस्तो हो। जसले सहास र मनोरञ्जन प्रदान गर्छ।
  • व्यक्तिगत, सामुहिक र सार्वजनिक व्यापारव्यवसायलाई प्रवर्द्धन गरी उत्साह बढाउन यसले सघाउ पुर्याउाछ।
  • यस मोटर -यालीले व्यापार व्यवसाय उजागर गर्न अवसर तथा स्थान उपलब्ध गराउने।
  • व्यवसायीलाई पुनर्ताजगी हुन र स्थानीय संस्कृतीलाई प्रचारप्रसार गर्न यसले बल पुर्याउँछ।
  • देशका विभिन्न स्थानहरुको चिनारी गर्न र सबै च्याप्टरका पदाधिकारीहरुबीच भेटघाट तथा भ्रमण गर्नु यस -यालीको मुख्य उद्देश्य रहेको छ।

मोटर र्याली काठमाण्डौ, पोखरा, ललितपुरबाट सुरु भएर चितवनमा पुगेर जम्मा हुनेछ। त्यसैगरी विराटनगर, सुनसरी, जनकपुरबाट आएको टोली अमलेखगञ्जमा जम्मा हुनेछ र सम्बन्धित च्याप्टरहरु पनि आफूलाई पायक पर्ने स्थानबाट टिमसँग जोडिई अन्त्यमा सम्पूर्ण टिम बर्दिया पुग्नेछ र मार्च २९ मा यस मोटर -यालीको विधिवत समापन हुनेछ।