 
                     
                                
                             
                                    काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेड (एनसीसी बैंक) र दराज अनलाइन सपिङबीच सम्झौता भएको छ।
एनसीसी बैंकका ग्राहकले दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको हो।
सम्झौताअनुसार एनसीसी बैंकको डेबिट कार्ड प्रयोगकर्तालाई दराज अनलाइन सपिङ गरी भुक्तानी गर्दा अधिकतम १५% वा रु. २ हजार ५०० सम्मको छुट र क्रेडिट कार्ड प्रयोगकर्तालाई दराज अनलाइन सपिङ गरी भुक्तानी गर्दा अधिकतम २०% वा रु. ३ हजारसम्मको छुट प्राप्त गर्न सक्ने बैंक जनाएको छ।
यो योजना कात्तिक २५ गतेदेखि मंसिर ३ गतेसम्म लागू हुने बैंकले जनाएको छ।
देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा, १५ एक्सटेन्सन काउन्टर र १३७ एटीएम सञ्चालन गरीे ग्राहकलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19