काठमाण्डौ। नेपाल क्रेडिट एन्ड कर्मस (एनसीसी) बैंक लिमिटेडले ‘कर्पोरेट–पे’ प्रणालीको सुरुआत गरेको छ। बैंकले आफ्ना संस्थागत ग्राहकका लागि बैक खाताबाटै सोझै विद्युतीय भुक्तानी गर्न सकिने उक्त प्रणालीको सुरुआत गरेको हो।
यस सम्बन्धमा बैंकले नेपाल क्लियरिङ हाउस (एनसीएचएल) सँग सम्झौता गरेको छ। सम्झौतामा बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत रमेश सापकोटा तथा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधानले हस्ताक्षर गरेका छन्।
यस ‘कर्पोरेट–पे’ प्रणाली प्रयोग गर्नका लागि बैंकबाट आवश्यक प्रक्रिया पूरा गरी आवेदन दिन सकिन्छ। यस प्रणालीबाट आफैँले तोकिएको कारोबार सीमाभित्र रही कुनै पनि भुक्तानीहरु बैंकको प्रत्यक्ष संलग्नता बिना नै गर्न सकिनेछ।
बैंकले १२७ वटा शाखा कार्यालय, १०२ वटा एटीएम र ७ वटा एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आइरहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago