काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेड (एनसीसी बैंक) र दराज अनलाइन सपिङबीच छुटसम्बन्धी सम्झौता भएको छ।
एनसीसी बैंकका ग्राहकले दराजमा एकदिने भव्य सेल– ११.११ अभियानमा छुट प्रदान गर्ने जनाइएको छ। सम्झौताअनुसार एनसीसी बैंकको डेबिट कार्ड प्रयोगर्कतालाई दराजबाट अनलाइन सपिङ गरी भुक्तानी गर्दा थप १५% छुट दिनेछ। जसमा डेबिट कार्डमा अधिकतम रु. ३ हजार र क्रेडिट कार्डमा अधिकतम रु. ३ हजार ५०० सम्मका छुट प्राप्त गर्न सकिनेछ।
यो योजाना कात्तिक २५ गतेको दिन सुरु भई २४ घन्टामा समापन हुनेछ।
देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकका ७ वटै प्रदेशमा गरी कुल १३६ शाखा, ११० वटा एटीएम र ११ वटा एक्स्टेन्सन काउन्टर सञ्चालित गरी बैंकले आफ्ना ग्राहकलाई स्तरीय सेवा प्रदान गरिरहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19