काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) ले ग्राहकमाझ विभिन्न प्रकारका सेवा सुविधाहरु प्रदान गर्दै आएको छ। यसै क्रममा ललितपुरस्थित सुमेरु सिटी अस्पतालमा एनसीसी बैंकका ग्राहकलाई थप सेवासुविधा प्रदान गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको छ।
यस सम्झौतामार्पmत बैंकका ग्राहकले सुमेरु सिटी अस्पतालमा बैंकको डेबिट वा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङमार्पmत भुक्तानी गर्दा ओपीडी टिकट, बेड चार्ज, ल्याब टेस्ट, एक्स–रे, ईसीजी, इन्डोस्कोपी/कोलोनोस्कोपी, युएसजी/ईईजी/सीटी स्क्यान/पीएफटी र अन्य डायग्नोस्टिक परीक्षण र औषधिमा १० प्रतिशत प्राप्त गर्नेछन्।
यसैगरी एनसीसी बैंक तथा सुमेरु अप्टिकल, पुल्चोक र कृति अप्टिकल, भैँसीपाटीबीच द्विपक्षीय सम्झौता भएको छ। अप्टिकलले एनसीसी बैंकको बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्र्दा अप्टिकल्स सामग्रीमा ३० प्रतिशत, ओपीडी शुल्कमा २० प्रतिशत र अन्य क्लिनिकल शुल्कमा १० प्रतिशत छुट प्राप्त हुनेछ।
देशैभर शाखा सञ्जाल रहेको एनसीसी बैंकले ७ वटै प्रदेश गरी १३७ शाखा, १३ एक्स्टेन्सन काउन्टर र ११४ एटीएममार्फत ग्राहकलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ। एनसीसी बैंक २५ वर्षदेखि आमनागरिकमाझ विश्वासिलो बैंकिङ सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रिय रुपमा सहभागी हुँदै आएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19