ncell
काठमाण्डौ । मोबाइल सेवाप्रदायक एनसेलले आफ्ना प्रिपेड ग्राहकहरुका लागि ‘मासिक भ्वाईस प्याक’ ल्याएको छ । जसअन्तर्गत ग्राहकले सुलभ शुल्कमा भ्वाईस सेवा लिन सक्ने कम्पनीले जनाएको छ ।
यो योजनाअन्तर्गत ग्राहकले करसहितमात्र रु २०० मा ४०० मिनेट अननेट टक टाइम खरीद गर्न सक्छन् । अर्थात्, यो प्याकअन्र्तगत ग्राहकले कर सहितमात्र ५० पैसा प्रतिमिनेटको दरमा कुनै पनि अर्को एनसेल नम्बरमा कल गर्न सक्छन् ।
मासिक भ्वाईस प्याक यही सोमबार(साउन १७, २०७३) देखि स्थायी सेवाको रुपमा लागू हुने एनसेलले विज्ञप्तिमार्फत जनाएको छ ।
एनसेलका सम्पूर्ण प्रिपेड ग्राहकले एस्ट्रिक्स् १७११८ ह्यास डायल गरी प्राप्त जानकरी अनुसार पाँचौ विकल्प रोजेर यो प्याक सुचारु गरी लाभ लिन सक्छन् । आईभिआर मार्पmत यो सेवा सुचारु गर्नका लागि १७११८ डायल गरी प्राप्त जानकारी बमोजिम अंक ५ प्रेस गर्नुपर्ने हुन्छ । ग्राहकले २०० टाइप गरी १७११८ मा एसएमएस पठाएर पनि यो सेवा सुचारु गर्न सक्छन् ।
‘हाम्रा प्रिपेड ग्राहकका लागि प्रतिमिनेट ५० पैसामा कुरा गर्न सकिने यो मासिक भ्वाईस प्याक ल्याउन पाउँदा हामी निकै हर्षित छौ।’ एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने–‘सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने हाम्रो प्रतिवद्घताअनुरुप यो प्याक ल्याइएको होे ।’
ग्राहकले आफ्नो आवश्यकताअनुसार जति पटक पनि यो प्याक लिन सक्छन् । यो प्याक सुचारु भएको दिनबाट ३० दिनका लागि मान्य हुनेछ । प्याकमा उल्लेख समयावधि वा टक टाइम सकिएपछि विद्यमान शुल्क लागू हुनेछ । विद्यमान शुल्कअनुसार एनसेल नेटवर्क भित्र कल गर्दा कर सहित रु २.५० प्रतिमिनेट शुल्क लाग्दछ ।
यो प्याक भिएफटी र एनसेल मोबाइल एपबाट पनि खरिद गर्न सकिन्छ । सुलभ दरमा गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिवद्धता बमोजिम एनसेलले दैनिक भ्वाईस प्याक, साप्ताहिक भ्वाईस प्याक, डेली नाईट भ्वाईस प्याक र डे भ्वाईस प्याक जस्ता स्कीमहरु पनि ग्राहकलाई प्रदान गर्दै आएको छ । ग्राहकहरुले १७११८ डायल गरी भ्वाइस प्याकको बारेमा जानकारी लिन सक्ने बताइएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago