काठमाण्डौ ।एनसेलका ७ जना ग्राहकले स्कुटर पुरस्कार पाएका छन् ।

एनसेल आजियाटा लिमिटेडले ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजना अन्तर्गत ७ जना ग्राहकलाई स्कुटर हस्तान्तरण गरेको हो । कम्पनीले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा सञ्चालन गरिएको  उक्त योजना अन्तर्गत बम्पर पुरस्कार स्वरुप सातै जनलाई १–१ स्कुटर थान स्कुटर प्रदान गरेको हो ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले नयाँ बानेश्वर एनसेल सेन्टरबाट एक बम्पर पुरस्कार स्कुटर हस्तान्तरण गरेका थिए । बिहीबार कास्कीका अशेष पालिखेलाई एनसेल सेन्टर पोखरामा एनसेलका ग्राहक सेवा प्रबन्धक ज्योति दाहालले बम्पर पुरस्कार हस्तान्तरण गरेकी थिइन् ।

अभिनेत्री केकी अधिकारी र प्रियंका कार्कीले मङ्गलबार र बुधबार विराटनगर, जनकपुर, धनगढी र भैरहवास्थित एनसेल सेन्टरमा बम्पर पुरस्कार विजेताहरुलाई स्कुटर हस्तान्तरण गरेका थिए ।

यसबाहेक विराटनगर, जनकपुर, भैरहवा र हेटौंडाको बम्पर पुरस्कार हस्तान्तरण कार्यक्रममा एनसेलका प्रतिनिधिहरु लेना केशरी कंसाकार (एक्टिङ् सीटीओ), विशाल नेगी (प्रोडक्टस् डाईरेक्टर), विशाखा लक्ष्मी खड्का (कर्पोरेट कम्युनिकेसन एण्ड सीएसआर म्यानेजर), अनुषा प्रधानाङ (ब्रान्ड एण्ड मार्केटिङ म्यानेजर), र राजेश मानन्धर (कोर प्रोडक्टस् एण्ड डिभाइस म्यानेजर)को सहभागिता थियो ।  

साप्ताहिक बोनस ब्यालेन्स र बम्पर पुरस्कारका लागि योग्य हुन ग्राहकहरुले शर्तअनुसार एनसेलको बारेमा नारा पठाएका थिए र यस अवधिमा देशभरका ग्राहकबाट ४५ हजारभन्दा बढी नाराहरु प्राप्त गरेको कम्पनीले बताएको छ ।

एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसीनले यस योजनामा ग्राहकहरूको सक्रिय सहभागिताबाट हौसाल प्राप्त गरेको बताए । उक्त योजना भदौ ३१ गतेबाट सुरु भई २८ दिनसम्म चलेको थियो ।