काठमाण्डौ । एनसेल प्राइभेट लिमिटेड (‘एनसेल’वा ‘कम्पनी’)ले आफ्ना सबै कर्मचारीहरुमा डिजिटल प्रतिभाको विकास गर्दै कम्पनीका सेवालाई थप परिस्कृत तथा सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउने उद्देश्य लिई बिहीबार ‘डिजिटल ज्याम’ कार्यक्रम आयोजना गरेको छ ।

एकदिवसीय कार्यक्रममा एनसेलका सबै कर्मचारीले अनलाइन र अफलाइन माध्यमबाट सिक्दै डिजिटल मानसिकताको विकास र काम गर्ने नयाँ तरिकाका बारेमा परीक्षण गरे । साथै, कसरी ग्राहकको आवश्यकताअनुसार नविन सेवा तथा आकर्षक ग्राहक संलग्नताका प्रयासलाई थप तदारुकताका साथ संचालन गर्ने भन्ने विषयमा विभिन्न गतिविधिमा सहभागी भई डिजिटल टुल्सहरुको प्रयोग गर्दै मोबाइलएप, च्याटबट र वेबसाइट लगायतका विभिन्न सोलुसन्स्हरु बनाएका थिए ।

डिजिटल प्रतिभाको रुपान्तरणलाई अझ तदारुकताका साथ अघि बढाउने आजिआटा गु्रपको पहलअन्तर्गत एनसेलले डिजिटल ज्याम कार्यक्रमको आयोजना गरेको हो । आजिआटा गु्रपको दक्षिण–पूर्वी एसिया र दक्षिण एसियाका मुलुकहरुमा रहेका ६ वटा कम्पनीहरुः एनसेल (नेपाल), रोबी(बङ्गलादेश), डायलग(श्रीलंका), सेलकम(मलेसिया), स्मार्ट(क्याम्बोडिया) र एक्सएल(इण्डोनेसिया)मा एकै साथ संचालन गरिएको यो कार्यक्रम एसियाकै सबैभन्दा ठूलोे कर्मचारी लक्षित अनलाइन एक्टिभेसन कार्यक्रम रहेको एनसेलको दाबी छ । यसमा आजिआटा गु्रपअन्तर्गतका १२,००० कर्मचारीको सहभागिता थियो ।

‘‘कनेक्टिभिटी र कम्युनिकेसन्स्ले यो विश्व द्रुत गतिमा परिवर्तन भइरहेको छ र दूरसञ्चार क्षेत्रका लागि नयाँ तरिका अवलम्बन गर्दै ग्राहकसँग निरन्तर आबद्ध रहनु, नयाँ सोलुसन्स्को विकास गर्नु र नवीन सोचाइका साथ सेवाहरुको सिर्जना गर्दै ग्राहकको जीवन सुधार्न सिक्नुबाहेक अरु कुनै विकल्प छैन,’’ आजियाटा गु्रपका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत तानश्री जमालुद्दिन इब्राहिमले भने । ‘‘मलेसिया होस् वा नेपाल, हाम्रा सबै कम्पनीमा कार्यरत कर्मचारीहरु नै हाम्रो सफलताको मेरुदण्ड हुन् । विश्व बजारमा डिजिटाइजेसनले जसरी गति लिएको छ, त्यससँगै हाम्रो प्रतिस्पर्धी क्षमताको निर्धारण गर्न र कम्पनीको विकासका लागि कर्मचारीको प्रतिभा महत्वपूर्ण भएको छ।’’

आजियाटाले आफ्ना कर्मचारीहरुको डिजिटल प्रतिभा विकासका अभ्यासलाई तदारुकताका साथ अघि बढाउन आउँदो ३ वर्षमा ६० लाख अमेरिकी डलर लगानी गर्ने प्रतिवद्घता समेत जनाएको छ । 

यसअन्र्तगत आजियाटाले आफ्ना सबै तहका कर्मचारीहरुको प्रतिभामा निखार ल्याउन र महत्वपूर्ण डिजिटल विकास एवं तिनीहरुको क्षमता अभिवृृद्घिमा लगानी गर्नेछ ।

देशको विभिन्नभागमाफोरजीतथाथ्रिजी सेवाकोतिब्र विस्तार गरिरहेको समयमाएनसेलले डिजिटल ज्याम कार्यक्रमको आयोजना गरेको हो । ‘‘डिजिटल नेपाल निर्माणको यात्रामा अगाडि बढिरहदा आफ्ना ग्राहकलाई अझ सार्थक रुपमा सेवा प्रदान गर्न र उनीहरुसँग आबद्घ रहन हामीले डिजिटाईजेसन अंगीकार गर्दै एक साझा लयमा काम गर्न आवश्यक छ । यसका लागि आवश्यक नयाँ सीप र विधिहरु प्रदान गर्दै आफ्ना कर्मचारीहरुलाई डिजिटल भविष्यका लागि तयार पार्न यो डिजिटल ज्याम दिवस सफल भएको छ,’’ एनसेलका प्रबन्ध संचालक सुरेन जे अमरासेकराले भने।

आजियाटा ग्रुपसँगआबद्घ एनसेल, अनुकूल र गतिशील वातावरणको निर्माण गर्दै थप आधुनिक, चुस्त बन्न र आफ्नो कार्यकक्षमा डिजिटल संस्कृतिको विकास गर्न सँधै तत्पर छ, अमरासेकराले भने ।

एसियाकै एक अग्रणी दूरसञ्चार समुहका रुपमा रहेको आजियाटाले सन् २०२१ सम्ममा नयाँ पुस्ताको डिजिटल च्याम्पियनको रुपमा रुपान्तरित हुने दीर्घकालिन लक्ष्य लिएको छ । डिजिटल रुपान्तरणको लक्ष्य अनुरुप आजियाटाले सन् २०१३ देखि आफ्नो मुख्य मोबाइल सेवा व्यवसायलाई बलियो पार्दै व्यवसायमा विविधीकरण गर्दै पुर्वाधार तथा टावर सेवा, फिक्स्ड मोबाइल कन्भर्जेन्स् र इन्टरप्राइज इन्टरनेट अफ थिङ्स् जस्ता नयाँ उद्यममा पनि आफूूलाई समाहित गरेको छ । आजियाटाको दीर्घकालिन विकास योजनाका लागि जनशक्ति र प्रतिभामा रुपान्तरण पनि महत्वपूर्ण छ ।