काठमाण्डौ । एनसेल प्राइभेट लिमिटेडले तिहार र छठ पर्वका अवसार पारी आफ्ना ग्राहकका लागि फोरजीमा डेटा बोनस योजना ल्याएको छ । यसअन्तर्गत ग्राहकले चारगुणा बढी डेटाको फाइदा लिन सक्नेछन् ।
यो अफर आज बिहीबारबाट लागु भई १५ दिनसम्मका लागि सञ्चालनमा रहनेछ । यस अफरअन्तर्गत एक दिन समयावधि भएको ७५ एमबी डेटा र सात दिनको समयावधि भएको ५०० एमबीको डेटा प्याक खरिद गर्ने ग्राकहले चारगुणा बढी डेटा भोल्युमको फाइदा लिन सक्नेछन् ।
करबाहेक रु १५ (करसहित रु १९.१५) शुल्क रहेको ७५ एमबी प्याकको खरिदमा ग्राहकले २२५ एमबी थप फोरजी डेटा पाउनेछन् । यसको मतलब ग्राहकले कुल ३०० एमबी डेटा पाउनेछन् । त्यसैगरी करबाहेक रु ७५ (करसहित रु ९५.७७) शुल्कमा आउने ५०० एमबीको खरिदमा थप १५०० एमबी फोरजी डेटा बोनसस्वरुप पाउनेछन् । यसरी कुल २००० एमबी डेटा पाउन सक्नेछन् ।
ग्राहकले सजिलैसँग एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स ४४ ह्यास डायल गरी वा एनसेल एपबाट यो अफर एक्टिभेट गर्न सक्छन् । यस अफरअन्तर्गत पाइने बोनस डेटा भोल्युम ग्राहकले फोरजी चल्ने मोबाइल सेट र सिम प्रयोग गरी फोरजी नेटवर्क सञ्चालनमा रहेका स्थानहरुमा चलाउन सक्नेछन् ।
चाडपर्वका अवसरमा सञ्चालनमा ल्याइएको यस अफरले ग्राहकलाई थप सुविधा प्रदान गर्ने र आफन्त, परिवारजन र साथीभाइबीच सम्पर्कमा रहिरहन, शुभकामना आदानप्रदान तथा खुसी साटासाट गर्न मद्दत पुर्याउने विश्वास एनसेलले लिएको छ ।
यस अफरबाट फाइदा लिन फोरजी सिम नभएका ग्राहकले आफूलाई नजिकै पर्ने एनसेल सेन्टरमा गई आफ्नो सिमलाई फोरजी सिम अर्थात युसिमसँग साट्न सक्नेछन् । यसका लागि रु १ शुल्क लाग्छ । यस प्रक्रियामार्फत युसिम लिने ग्राहकले सात दिनको समयसिमा रहेको एक जीबी डेटा पनि पाउने छन् । यो डेटा दिनको समयमा अर्थात बिहान ५ बजेदेखि साँझ ५ बजेको समयमा प्रयोग गर्न सक्नेछन् । युसिम लिएपछि ग्राहकले एष्ट्रिक्स ३२४ ह्यास डायल गर्न सक्छन् र फोरजी सेवाको फाइदा लिन सक्छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago