काठमाण्डौ । एनसेलको ‘झट्ट रिचार्ज फ्याट्ट बोनस’ मा दोब्बर बोनस डेटा पाइने भएको छ ।

कम्पनीका अनुसार एनसेलका सबै ग्राहकले अब प्रत्येक ५० रुपैयाँवा सोभन्दा माथिको रिचार्जमा १ हजार एमबीसम्मको बोनस डेटाबाट फाइदा लिन सक्छन् ।

कम्पनीले मंगलबारदेखि लागू हुने गरी ‘झट्ट रिचार्ज फ्याट्ट बोनस’ योजना अन्तर्गत प्रदान गरिदैं आएको डेटा बोनसको भोल्युम दोब्बर बनाएको छ ।

उक्त अफरमा अब ग्राहकले प्रत्येक रिचार्जमा १ हजार एमबीसम्मको डेटा निःशुल्क प्राप्त गर्नेछन् ।

यसरी पाइने बोनस डेटा अल टाइम वा राति ११ बजेदेखि अर्को दिनको साँझ ६ बजेसम्म प्रयोग गर्न मिल्ने टाइम बेस डेटा भोल्युम हुन्छ ।

बोनस डेटा रिचार्ज गरिएको समयदेखि २४ घण्टासम्म मान्य रहने कम्पनीले बताएको छ ।

एनसेल सापटीमार्फत् प्राप्त ब्यालेन्स र ब्यालेन्स ट्रान्सफरको ब्यालेन्स बाहेक सबै तरिकाबाट गरिएको रिचार्जमा यो बोनस डेटा लागू हुने कम्पनीले बताएको छ ।

यसअघि प्रत्येक रिचार्जमा ५०० एमबीसम्म डेटा पाइने गरि यो बोनस डेटा योजना गत मंसिर २५ गतेदेखि सञ्चालनमा ल्याइएको थियो ।

अब यसै योजना अन्तर्गत दोब्बर बोनस डेटा पाइने भएकाले यसले ग्राहकहरुका लागि ठूलो महत्व राख्ने विश्वास  कम्पनीले लिएको छ ।