ncell main logo
काठमाण्डौ । एनसेलका सबै ग्राहकले अब करसहित मात्र रु १ मा पिआरबिटी सेवाको मजा लिन सक्नेछन् ।
देशको अग्रणी जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले नयाँ वर्ष २०७४ को अवसरमा आफ्ना ग्राहकका लागि पिआरबिटी र टोन सेवामा दुई नयाँ संस्करण ल्याएको छ, जसअन्तर्गत ग्राहकले अब दैनिक तथा साप्ताहिक रुपमा पिआरबिटी सेवा लिन सक्नेछन् । यसअघि पिआरबिटी र टोन सेवा ३० दिनको समयावधिमा मात्र उपलब्ध थियो ।
यो अफर यही बिहीबार(चैत्र ३१) देखि लागूू हुनेछ । यो योजनाअन्तर्गत एनसेलका सबै ग्राहकले एक दिन र एक हप्ता समयावधि भएको पिआरबिटी र टोन सेवा सुचारु गर्न सक्नेछन् । पिआरबिटी सेवाअन्तर्गत एनसेलका ग्राहकले आफ्नो रोजाइको लोकप्रिय टोन तथा गीतहरुलाई आफ्नो रिङ ब्याक टोन बनाउन सक्नेछन् र साथीभाईले कल गर्दा उतm टोन तथा गीत सुन्न सक्नेछन् । लोकप्रिय नेपाली तथा अन्तर्राष्ट्रिय गीत संगीतहरुको सूचिबाट ग्राहकले आफूूले रुचाएको गीत तथा टोनलाई आफ्नो रिङ ब्याक टोन बनाउन सक्नेछन् ।
यो अफरसँगै एनसेलका ग्राहकले अब १ दिन समयावधिको पिआरबिटी र टोन सेवा करसहित मात्र रु १ मा सुचारु गर्न सक्नेछन् । त्यस्तै एकहप्ता समयावधि भएको पिआरबिटी र टोन सेवा करसहित रु ५ मा सुचारु गर्न सक्नेछन् ।
ग्राहकले १७११७ डायल गरी प्राप्त निर्देशन अनुसार पिआरबिटी सेवा तथा टोन सेवा सुचारु गर्न सक्नेछन् । त्यस्तै ग्राहकले एस्ट्रिक१७११७ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार गीत तथा टोनको सूूचिबाट आफ्नो रोजाइको रिङ ब्याक टोन राख्न सक्नेछन् ।
‘‘पिआरबिटी सेवा हाम्रा ग्राहक बीच एक मनपर्ने सेवाको रुपमा रहँदै आएको छ । दुई नयाँ संस्करणका साथ ग्राहकलाई पिआरबिटी सेवामा पनि छनोटको विकल्प ल्याउन पाउँदा हामी निकै हर्षित छौ,’’ एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने ।
दैनिक र साप्ताहिक पिआरबिटी र टोन सेवा स्वतः नविकरण हुनेछ । साप्ताहिक सेवा लिएका ग्राहकलाई समयसीमा सकिनु दुई दिन अगावै नविकरणका बारेमा सुचित गराइनेछ । ग्राहकले अंग्रेजीमा आर लेखि १७११७ मा एसएमएस पठाई यो सेवा निष्क्रिय गर्न सक्नेछन् । यो नयाँ वर्षको अवसरमा ल्याइएको यो अफर १५ दिनको लागि मान्य हुनेछ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19