काठमाण्डौ । एनसेल प्रालिले आफ्ना प्रिपेड ग्राहकका लागि चार नयाँ भ्वाइस प्याकहरु ल्याएको छ । जसअन्तर्गत  एनसेलका ग्राहकले अब अझै सुलभ दरमा भ्वाइस सेवाको फाइदा लिन सक्छन् । नयाँ भ्वाइस प्याकका साथ एनसेलका ग्राहकले अब एक महिनामा ७०० मिनेट सम्मको भ्वाइस सेवा प्रयोग गर्न सक्छन् ।

नयाँ भ्वाइस प्याकहरु यहि बिहीवार (मंसिर ०७)देखि ९० दिनका लागि संचालनमा आएको छ । यी नयाँ प्याकहरु अन्तर्गत ग्राहकले आफ्नो भ्वाइस सेवाको आवश्यकताअनुसार दैनिक, साप्ताहिक तथा मासिक प्याकहरु सुचारु गर्न सक्छन् । साथै ग्राहकले अब तीनदिने भ्वाइस प्याक पनि सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ ।

दैनिक भ्वाइस प्याकअन्तर्गत ग्राहकले कर सहित मात्र रु १५ मा २० मिनेट अननेट टक टाइम खरिद गर्न सक्छन् । साप्ताहिक भ्वाइस प्याकमा करसहित रु ७० मा १२० मिनेट  टक टाइम लिन सक्छन् । त्यसैगरी, ग्राहकले रु ३० मा ५० मिनेट टक टाईम रहेको तीनदिने भ्वाइस प्याक खरिद गर्न सक्छन् । नयाँ मासिक भ्वाइस प्याकमा ग्राहकले रु ३०० मा ७०० मिनेट टक टाइम प्राप्त गरी मात्र ४३ पैसा प्रतिमिनेटको दरमा भ्वाइस सेवाको मजा लिन सक्छन् ।

दैनिक भ्वाइस प्याकको समयावधि २४ घण्टाको रहेको छ । त्यस्तै साप्ताहिक भ्वाइस प्याकको समयावधि ७ दिन, तीनदिने प्याकको ३ दिन र मासिक भ्वाइस प्याकको ३० दिन रहेको छ । प्याकमा उल्लेख गरिएको समयावधि वा टक टाइम सकिएपछि विद्यमान शुल्क लागु हुनेछ । विद्यमान शुल्कअनुसार एनसेल नेटवर्क भित्र कल गर्दा कर सहित रु २.५० प्रति मिनेट शुल्क लाग्दछ । भ्वाइस प्याकअन्तर्गतका टक टाइम एनसेल नेटवर्क्िभत्र मात्र लागूू हुनेछ ।

पहिला नै संचालनमा रहेका भ्वाइस प्याकहरु यथावत रहेका छन् ।

ग्राहकले आफ्नो सञ्चार सेवाको आवश्यकताअनुसार जति पटक पनि यी प्याकहरु लिन सक्छन् । एनसेलका ग्राहकले युएसएसडी, आइभिआर, एसएमएस, एनसेल एप कुनै पनि माध्यमबाट भ्वाइस प्याक खरिद तथा सुचारु गर्न सक्नेछन् ।

ग्राहकलाई थप सुविधा प्रदान गर्दैै आधारभुत भ्वाइस सेवामा चार नयाँ प्याकहरु ल्याउन पाउँदा हामी निकै हर्षित छौ,’’ एनसेलका कर्पोरेट सर्भिसेज निर्देशक प्रणय आचार्यले भने–“सुलभ दरमा गुणस्तरीय सेवाप्रदानगर्ने हाम्रो प्रतिवद्घताअनुरुप यी प्याकहरु ल्याइएको होे।’

एनसेलका सम्पूर्ण प्रिपेड ग्राहकले एस्ट्रिक्स् १७११८ ह्यास डायल गरी प्राप्त जानकारी अनुसार आफ्नो आवश्यकता बमोजिमको भ्वाइस प्याक सुचारु गरी लाभ लिन सक्छन् । आईभिआरमार्फत यो सेवा सुचारु गर्न १७११८ डायल गरी प्राप्त जानकारी अनुसार सेवा सुचारु गर्न सकिन्छ । त्यस्तै, ग्राहकले १७११८ मा आफूूले लिन चाहेको प्याकको मूूल्य टाइप गरी एसएमएस पठाएर पनि यो सेवा सुचारु गर्न सक्छन् । उदाहरणका लागि दैनिक प्याकको लागि ग्राहकले १५ लेखी, साप्ताहिक भ्वाइस  प्याकका लागि ७० लेखि, मासिक भ्वाइस  प्याकका लागि ३०० लेखी र तीनदिने भ्वाइस  प्याकका लागि ३० लेखी १७११८ मा एसएमएस गर्न सक्नेछन् ।

एनसेलकाग्राहकले एस्ट्रिक्स् ९०१ ह्यास डायल गरी आफ्नो प्याकमा बाँकी रहेको टक टाइमको बारेमा जानकारी लिन सक्छन् । त्यस्तै ग्राहकले आफ्नो मेसेज बक्समा गई अंग्रेजीमा ‘एस’ लेखी १७११८ मा एसएमएस पठाई आफ्नो प्याकको बाँकी समयावधिको बारेमा जानकारी पनि लिन सक्छन् ।