काठमाण्डौ । एनसेलका ग्राहकहरुले अब अझै सस्तोमा नेपालभर एउटै कल दरमा भ्वाइस सेवाको लाभ लिन सक्छन्।
एनसेल आजियाटा लिमिटेडले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनै पनि दूरसञ्चार सेवाप्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने भ्वाइस कलको महशुल दर करबाहेक रु १.९९ प्रतिमिनेटबाट घटाएर करबाहेक प्रतिमिनेट रु १.६२ कायम गरेको छ।
प्रिपेड ग्राहकहरुका लागि लागू भएको यो नयाँ महशुल दरले देशभर समान रुपमा अन्य नेटवर्कमा मेन ब्यालेन्सबाटै पे एज यू गो दरअन्तर्गत कल गर्न अझै सुलभ बनाएको छ।
यो परिमार्जित नयाँ महशुल दर शुक्रबार (माघ २८) बाट लागू भएको हो। नयाँ महशुल दरको लाभ लिनका लागि ग्राहकहरुले एष्ट्रिक्स्१७१०७ह्यास डायल गरी सेवा निःशुल्क सुचारु गर्न सक्छन्।
नयाँ महशुल दरले ग्राहकलाई मेन ब्यालेन्सबाट ढुक्कसँग अन–नेट र अफ–नेट भ्वाइस कल गर्न सजिलो र सहज बनाउँदछ। ‘हामी आफ्ना ग्राहकलाई विश्वस्तरीय सेवा अनुभवका साथ उत्कृष्ट मूल्य प्रदान गर्न सदा प्रयासरत रहेका छौँ’, एनसेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
यो नयाँ महशुल दर २०७९ साउन २४ गते सम्म लागू रहने कम्पनीले जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago