ncell
काठमाण्डौ । एनसेलले आफ्ना ग्राहकका लागि भ्वाईस प्याकमा ‘एकमा दुई अफर’ अफर सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत एनसेलका प्रिपेड ग्राहकले अब कर सहित २५ पैसा प्रति मिनेट सम्ममा एनसेलको अन्य नम्बरमा कल गर्न सक्नेछन् ।
यो योजना सोमबार(मंसिर ६, २०७३) बाट लागु हुनेछ । यस योजनाअन्तर्गत हालकै मू्रल्यमा दैनिक, साप्ताहिक वा मासिक भ्वाईस प्याक खरिद गर्दा दोब्बर मिनेट प्राप्त गर्नेछन् । यसको मतलब, रु ११ मा ११ मिनेट टक टाईम भएको दैनिक भ्वाईस प्याकको खरिदमा अब ग्राहकले २२ मिनेट टक टाईम प्राप्त गर्नेछन्, जुन २४ घण्टाको लागि मान्य हुनेछ ।
साप्ताहिक भ्वाईस प्याकमा ग्राहकले रु ६० मा सात दिनको समयसिमा भएको १४० मिनेट टक टाईम पाउनेछन् । हाल यो प्याकमा ग्राहकले ७० मिनेट पाउने गरेका छन् । त्यसैगरी, मासिक भ्वाईस प्याकमा अब ग्राहकले रु २०० मा ४०० मिनेट नभई ८०० मिनेट प्राप्त गर्नेछन् । यसरी ग्राहकले अब मासिक भ्वाईस प्याक खरिद गर्दा २५ पैसा प्रति मिनेट सम्ममा कल गर्न सक्नेछन् । भ्वाईस प्याकका मूूल्यहरु कर सहितका हुन् ।
ग्राहकले आफ्नो भ्वाईस सेवाको आवश्यकता अनुसार युएसएसडी, आईभिआर, एसएमएस लगायतका माध्यमबाट भ्वाइस प्याक सुचारु गरी ‘एकमा दुई अफर’ लाभ लिन सक्नेछन् । ग्राहकले १७११८ डायल गरेर दैनिक भ्वाईस प्याकका लागि १, साप्ताहिक भ्वाईस प्याकका लागि २ र मासिक भ्वाईस प्याकका लागि ५ थिचेर यो सेवा सुचारु गर्न सक्नेछन् । युएसएसडीबाट सेवा सुचारु गर्न ग्राहकहरुले एस्ट्रिक १७११८ ह्यास डायल गरी आफूूलाई चाहिएको विकल्प छनोट गरी सेवा सुचारु गर्न सक्नेछन् ।
त्यसैगरी, एसएमएस मार्फत भ्वाईस प्याक खरिद गर्न ग्राहकहरुले दैनिक भ्वाईस प्याकका लागि ११, साप्ताहिक भ्वाईस प्याकका लागि ६० र मासिक भ्वाईस प्याकका लागि २०० टाइप गरी १७११८ मा एसएमएस पठाई सेवा सुचारु गर्न सक्नेछन् ।
‘सेवाको शुल्क अझै घटाउँदै ग्राहकहरुका लागि थप मूूल्य प्रदान गर्न यो अफर ल्याउन पाउँदा हामी निकै हर्षित छौ । सुलभ दरमा उत्कृष्ट सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता अनुरुप यो अफर ल्याइएको छ ।’ एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने ।
एकमा दुई अफर तीन महिनाको लागि मान्य हुनेछ । भ्वाईस प्याकको समयावधि सकिएपछि वा टक टाइम सकिएपछि, ग्राहकहरुलाई एनसेलबाट एनसेलमा कल गर्दा विद्यमान् शुल्क रु २.५० (कर सहित) प्रति मिनट लाग्ने छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago