काठमाण्डौ । एनसेलका ग्राहकले अब डेटा प्रयोग गर्दा आकर्षक क्यासब्याकको फाइदा लिन सक्छन्। एनसेल आजियाटा लिमिटेडले गज्जबको डेली जीबी प्याकअन्तर्गतका तीन विभिन्न प्याकहरुमा रु. २० देखि रु. ६० सम्मको क्यासब्याक अफर सञ्चालनमा ल्याएको छ।
गजब्बको डेली जीबी प्याकअन्तर्गतको क्यासब्याक योजना सोमबार (फागुन ९) देखि लागू भएको छ। यस आकर्षक योजनाअन्तर्गत एनसेलका ग्राहकले ७ दिन वा ३० दिनसम्म दैनिक १ जीबी र ७ दिनसम्म दैनिक २ जीबीकोे गजब्बको डेली जीबी प्याकको खरिदमा आकर्षक क्यास ब्याकको फाइदा लिन सक्छन्।
७ दिनका लागि मान्य रहने दैनिक १ जीबी गज्जबको डेटा प्याक ग्राहकले करसहित मात्र रु. १६९ मा सुचारु गर्न सक्छन्। यो प्याक सुचारु गर्ने ग्राहकले रु. २० क्यास ब्याक अर्थात् बोनस ब्यालेन्स पाउँछन्।
त्यसैगरी ग्राहकले करसहित मात्र रु. २६९ मा ७ दिनको समयसीमा रहेको दैनिक २ जीबी डेटा प्याक खरिद गर्न सक्छन्। यो प्याक सुचारु गर्ने ग्राहकले रु. ३० को क्यासब्याकबाट फाइदा लिन सक्छन्।
त्यस्तैगरी धेरै लामो समयसीमा रहेको डेटा प्याक प्रयोग गर्न चाहने ग्राहकले ३० दिनको समयसीमा रहेको दैनिक १ जीबी डेटा प्याक करसहित मात्र रु. ५९९ मा सुचारु गर्न सक्छन्। यो प्याक सुचारु गर्ने ग्राहकले रु. ६० बोनस क्यासब्याक पाउँछन्।
यस गज्जबको डेली जीबी डेटा प्याकअन्तर्गत प्राप्त क्यासब्याक ग्राहकले पे एज यू गो अन नेट भ्वाइस कल, एसएमएस र डेटा सेवा प्रयोग गर्न सक्छन्। ग्राहकले एस्ट्रिक्स१७१२३ह्यास डायल गरी प्राप्त निर्देशनअनुसार प्याक सुचारु गर्न सक्छन्। यो डेटा प्याक एनसेल एपबाट पनि सजिलै खरिद गर्न सकिन्छ।
गज्जबको डेली जीबी डेटा प्याकमा क्यासब्याक योजनाले डेटाबाहेक अन्य अन नेट सेवा प्रयोग गर्नका लागि ग्राहकहरुलाई राम्रो लाभ प्रदान गर्ने विश्वास एनसेलले लिएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago