काठमाण्डौ । नयाँ वर्ष २०७९ को अवसरमा एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकलाई अझै सुलभदरमा सञ्चार सेवामा पहुँच सुनिश्चित गराउँदै आकर्षक भ्वाइस र डेटा सेवा बन्डलिङ रहेको इन्डलेस कम्बो प्याकहरु सञ्चालनमा ल्याएको छ।
यो योजना वैशाख ५ बाट सञ्चालनमा आएको छ। यो योजनाअन्तर्गत एनसेलका प्रिपेड ग्राहकले करसहित मात्र रु. २५ मा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म प्रयोग गर्न सकिन डे कम्बो प्याक र बेलुका १० बजेदेखि भोलिपल्ट बिहान ७ बजे सम्म प्रयोग गर्न सकिने गरी दुई आकर्षक प्याकहरुबाट फाइदा लिन सक्छन्।
डे कम्बो प्याकअन्तर्गत प्रिपेड ग्राहकले १०० एमबी डेटा र २०० मिनेटको अल नेट टक टाइम (अन्य कुनै पनि सेवा प्रदायकको नम्बरमा कल गर्न सकिने) प्राप्त गर्दछन्। ग्राहकले एस्ट्रिक्स१७११८एस्ट्रिक्स१ह्यास वा एस्ट्रिक्स१७१२३एस्ट्रिक्स२ह्यास डायल गरी यो प्याक सुचारु गर्न सक्छन्। त्यस्तै ग्राहकले एनसेल एपबाट पनि यो प्याक सुचारु गर्न सक्छन्।
बेलुकाको समयमा भ्वाइस तथा डेटा प्रयोग गर्न चाहने ग्राहकले २५० एमबी डेटा र २५० मिनेटको अल नेट टक टाइम भएको आकर्षक कम्बो प्याक मात्र रु. २५ मा सुचारु गर्न सक्छन्। प्रिपेड ग्राहकले एस्ट्रिक्स१७११८एस्ट्रिक्स१एस्ट्रिक्स६ह्यास डायल गरी प्याक सुचारु गर्न सक्छन्। त्यस्तै ग्राहकले एनसेल एपबाट पनि यो प्याक सुचारु गर्न सक्छन्।
सुलभ दरमा आफ्ना ग्राहकलाई भ्वाइस तथा डेटा सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्घताअनुरुप एनसेलले यी आकर्षक कम्बो प्याकहरु ल्याएको हो। यो योजनाअन्तर्गतका प्याकले ग्राहकलाई सुलभ दरमा आफ्ना साथीभाइ तथा परिवारसँग जुनसुकै नेटवर्कमा सहजै सम्पर्कमा रहिरहन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago