काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले २०७९ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरुका लागि विषेश अफर ‘पहिलो सिम’ ल्याएको छ।
यो योजनामा एसईईका विद्यार्थीले प्रिपेड सिमको खरिदमा सोसल मिडिया प्रयोग गर्नक लागि ४ जीबी डेटाका साथै रिचार्जमा बोनसलगायतका विभिन्न फाइदा लिन सक्छन्। यो योजना शुक्रबार वैशाख १६ देखि सञ्चालनमा आएको हो।
एसईई २०७९ को परीक्षाको प्रवेशपत्र भएका सबै विद्यार्थीले आफ्नो वा आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपि, एक प्रति पासपोर्ट साइज फोटोसहित नजिकैको एनसेल सेन्टरबाट र डाइरेक्ट सेलिङ प्वाइन्टहरुबाट यो पहिलो सिम लिन सक्छन्। करसहित मात्र रु. ४८ मा लिन सकिने यो सिम कार्डमा विद्यार्थीले रु. १० को मेन ब्यालेन्ससहित सामाजिक सञ्जाल (फेसबुक, युट्युब र टिकटक) प्रयोग गर्नका लागि ४ जीबी डेटा (हरेक हप्ता १ जीबी डेटा गरि ४ हप्ता सम्म) को फाइदा लिन सक्छन्।
यसका साथै पहिलो सिम प्रयोग गर्ने विद्यार्थीले रिचार्जमा बोनसको पनि फाइदा लिन सक्छन्। जसअन्तर्गत विद्यार्थीले ६ महिनासम्म हरेक रु ५० वा सोभन्दा बढीको रिचार्जमा सामाजिक सञ्जाल चलाउनका लागि १ जीबी डेटा बोनसस्वरुप प्राप्त गर्नेछन्। प्राप्त बोनस डेटा ७ दिनको लागि मान्य रहनेछ।
सामाजिक सञ्जालको प्रयोगको लागि निश्चित डेटा भोलुभसहित एसईई दिएका विद्यार्थीका लागि पहिला सिम योजनालाई निरन्तरता दिन पाएकोमा कम्पनी खुसी रहेको एनसेलले जनाएको छ। विद्यार्थीलाई यस सिम कार्डले नयाँ सम्भावना तथा अवसरहरुसँग सहजै जोडिन सहयोग गर्नुका साथै साथीभाइ, परिवारजनसँग सम्पर्कमा सही रहन मद्दत पुर्याउने विश्वास एनसेलले लिएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago