काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले सुलभ दरमा मोबाइल डेटामा पहुँच सुनिश्चित गर्दै आकर्षक डेटा प्याक ‘अलवेज अन डटा’ ल्याएको छ। यो प्याक सञ्चालनमा आएसँगै अब एनसेलका ग्राहकले करसहित मात्र रु. १०० मा आफू जहाँ भए पनि लामो समयासीमासहित मोबाइल डेटाको फाइदा लिन सक्छन्।

यो डेटा प्याकमा ग्राहकले १ जीबी डेटा पाउँछन् र यसको प्रमुख विषेशता भनेको यो डेटा भोल्युम २८ दिनसम्म मान्य रहन्छ। ग्राहकले एष्ट्रिक्स१७१२३ह्यास डायल गरी प्राप्त जानकारीअनुसार यो प्याक सुचारु गर्न सक्छन्।

यसैगरी एनसेलले आफ्नो विद्यमान सोसल मिडिया डेटा प्याकमा इन्स्टाग्राम थपेको छ। ग्राहकले अब करसहित मात्र रु. १९१ मा ७ दिनका लागि ननस्टप युट्युब, फेसबुक, टिकटक र इन्स्टाग्रामको पनि पहुँचको फाइदा लिन सक्छन्। ग्राहकले एष्ट्रिक्स१७१२३एष्ट्रिक्स५एष्ट्रिक्स६ह्यास डायल गरेर यो प्याक लिन सक्छन्।

त्यस्तै, करसहित रु. ४५९ मा ग्राहकले फेसबुक, युट्युब, टिकटकका साथै इन्स्टाग्राम प्रयोग गर्न दैनिक २८ दिन सम्म १.५ जीबी डेटा लिन सक्छन्। यसबाहेक यो प्याकमा ग्राहकले ८ जीबी अल टाइम प्याक पनि पाउँछन्। २८ दिनको समयसीमा रहेको यो प्याक एष्ट्रिक्स१७१२३एष्ट्रिक्स५एष्ट्रिक्स७ह्यास डायल गरेर लिन सकिन्छ।

अलवेज अन डेटाले ग्राहकलाई सुलभ मूल्यमा सधैं सम्पर्कमा रहन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ। यसैगरी सोसल मिडिया डेटा प्याकमा इन्स्टाग्राम पनि थपिएकोले यो सुविधाले ग्राहकलाई सामाजिक सञ्जालमार्फत अनलाइन रही सधैँ सम्पर्कमा बसिरहन ठूलो भूमिका खेल्ने एनसेलले जनाएको छ। 

एनसेलका बारेमा 

एनसेल आजियाटा लिमिटेड नेपालको पहिलो निजी मोबाइल सेवाप्रदायक कम्पनी हो। सन् २००४ मा स्थापना भई सन् २००५ देखि यस कम्पनीले उच्च गुणस्तरीय आधुनिक सेवा प्रदान गर्दै प्रत्येक नेपालीलाई आफ्नो नेटवर्कमार्फत जोड्न, आफ्ना ग्राहक र साझेदारहरुलाई लाभ प्रदान गर्न अनवरत रूपमा काम गर्दै आएको छ। 

सरकारले अंगिकार गरेको डिजिटल नेपालको अवधारणासँगै देशको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पु¥याउँदै एनसेलले आधुनिक मोबाइल नेटवर्क स्थापना गरी देशभरका नागरिकलाई सञ्चार सेवा प्रदान गरिरहेको छ। उच्च गतिको मोबाइल ब्रोडब्यान्डको राष्ट्रिय आवश्यकतालाई परिपूर्ति गर्न एनसेलले आफ्नो बृहत् फोरजी नेटवर्कमार्फत सेवा प्रदान गरिरहेको छ। यसले नयाँ अवसर सिर्जना गर्दै देशलाई उज्यालो डिजिटल भविष्यतर्फ डोर्याइरहेको छ। 

एनसेल नेपालको सबैभन्दा धेरै कर तिर्ने कम्पनीमध्ये एक हो। स्थापनादेखि गत आर्थिक वर्ष २०७८–७९ सम्म एनसेलले कर तथा अन्य शुल्क गरी विभिन्न शीर्षकमा २ खर्ब ८३ अर्ब रुपैयाँभन्दा बढी कर तिरेको छ। 

त्यसैगरी एनसेलले एक जिम्मेवार कर्पोरेट नागरिकका रुपमा व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरणलगायतका विभिन्न क्षेत्रमा १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ। 

एनसेल आजियाटा गु्रप बर्हादअन्तर्गतको एक कम्पनीको हो। आजियाटाको साथमा एनसेल उत्कृष्ट नेटवर्क बनाउँदै र नेपालीलाई सञ्चार सेवाको पहुँचभित्र ल्याउँदै नेपालको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पुर्याउन प्रतिबद्ध छ। एनसेल ३ अगस्ट २०२२ मा पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको थियो। एनसेलले १ करोड ६० लाखभन्दा बढी ग्राहकलाई आफ्नो सेवा प्रदान गर्दै आएको छ।