काठमाण्डौ । एनसेलले नेपालको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने महिलालाई ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड २०२३’ बाट सम्मान गर्ने भएको छ ।

यो वर्ष उक्त विधाको अवार्डका लागि कुल ३४ जना मनोनयनमा परेका थिए । जसमा सूचना प्रविधिको क्षेत्रमा पुर्‍याएको योगदानका आधारमा तीन चरणको मुल्यांकन पश्चात अवार्डका लागि सात जना महिलाहरु छनोटमा परेका छन् ।

आगामी शुक्रबार काठमाण्डौमा आयोजना हुने इनड्राइभ आईसीटी अवार्ड २०२३ को ग्राण्ड फिनाले कार्यक्रममा उक्त सम्मान प्रदान गरिने कम्पनीले बताएको छ ।

प्रत्येक वर्ष, आईसिटी फाउन्डेसन नेपाल र लिभिङ विथ  आईसीटीले संयुक्त रुपमा आईसीटी क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याउने उत्कृष्ट व्यक्तित्वहरु, नवप्रवर्तन र संघ संस्थाहरूलाई आईसीटी अवार्ड प्रदान गर्दै आएको छ । 

महिलाहरूलाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन तथा उनीहरुले यो क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्न विविधता, समानता र समावेशीकरण अर्थात डाइभर्सिटी, इक्विटी एन्ड इन्क्लुशन (डीईआई) नीति अनुरुप  कम्पनीले आईसीटी अवार्डमा आवद्ध भएर यो अवार्ड प्रदान गरिरहेको छ ।

 पुरस्कारको राशी नगद ३ लाख रुपैयाँ छ ।प्रत्येक वर्ष प्रदान गरिने उक्त अवार्डमा आफ्नो सहकार्यलाई निरन्तरता दिंदै कम्पनीले विगत तीन वर्षदेखि महिलाहरूको योगदानलाई सम्मान र प्रोत्साहन गर्दै एनसेल वुमन आइकन आईसीटी अवार्ड प्रदान गर्दै आएको छ