काठमाण्डौ। वुमन आइकन आईसीटी अवार्ड-२०२३ सुनैना घिमिरे पाण्डेलाई प्रदान गरिएको छ ।

हालै द सोल्टी होटल्समा आयोजित आईसीटी अवार्ड २०२३ मा पाण्डेलाई एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२३ प्रदान गरिएको हो ।

नेपालको सूचना प्रविधि क्षेत्रमा क्रियाशील रहेर उल्लेख्य योगदान पुर्‍याएको भन्‍दै उनलाई यो अवार्ड प्रदान गरिएको हो ।

अवार्डसँगै उनलाई नगद ३ लाख रूपैयाँ पनि प्रदान गरिएको छ ।जनरल टेक्नोलोजीकी प्रबन्ध निर्देशक सुनैनाले सूचना प्रविधिको क्षेत्रमा २५ वर्षभन्दा लामो अनुभव बटुलेकी सकेकी छिन् ।

साथै  उनले प्रविधिमार्फत समाज परिवर्तन गर्दै क्यान महासंघमा सचिव, महासचिव र पहिलो महिला उपाध्यक्ष भएर समेत काम गरिसकेकी छन् ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र शिक्षा, विज्ञान तथाप्रविधिमन्त्रालयका सचिव प्रमिलादेवी बज्राचार्यले संयुक्त रुपमा उनलाई ‘एनसेल वुमनआइकन आईसीटी अवार्ड २०२३’ प्रदान गरेका हुन् ।

यो वर्ष वुमनआइकन आईसीटी अवार्ड विधामा कुल ३४ जना मनोनयनमा परेका थिए । उक्त अवार्डका लागि प्रत्येक वर्ष एनसेलले आईसीटी अवार्डसँग सहकार्य गर्दै आएको छ ।