काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले आइतबार आफ्नो सेवा सञ्चालनको १८औँ वार्षिकोत्सव मनाएको छ। 

कम्पनीले आम नेपाली जनसमुदायलाई विश्वस्तरीय दूरसञ्चार सेवाहरुमार्फत जोड्दै प्रविधि र कनेक्टिभिटीको पहुँचले दिने लाभ १८ वर्षदेखि निरन्तर प्रदान गर्दै आएको छ।

सन् २००५ मा आजकै दिन अर्थात सेप्टेम्बर १७ बाट एनसेल (पहिले मेरो मोबाइल)ले आफ्नो सेवा संचालनमा ल्याउँदै यात्रा सुरु गरेको थियो। त्यसबेलादेखि नै कम्पनीले आफ्ना सेवाहरु प्रदान गर्दै नेपालको दूरसञ्चार क्षेत्रमा आमुल परिवर्तन ल्याएको छ र सेवामा पहुँच सुनिश्चित गराउँदै ग्राहक सेवामा व्यापक परिवर्तन ल्याउनमा ठूलो योगदान दिएको छ। सर्वसाधारणलाई भरपर्दो आधारभूत मोबाइल सेवादेखि नेपाली व्यवसायहरुलाई उनीहरुका सञ्चार आवश्यकताहरु पुरा गर्न नवीनतम सेवाहरु प्रदान गरेर एनसेल नेपालको परिवर्तनको संवाहक बनेको छ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एवं प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले एनसेलको १८ वर्षको उल्लेखनीय यात्राका बारेमा आफ्नो उत्साह र भावनाहरु प्रकट गर्दै भने, “१ करोड ६० लाखभन्दा बढी नेपाली र नेपालको अर्थतन्त्रको अभिन्न अंग बन्न पाएकोमा हामी गर्व गर्छौं। एनसेल सधैँ नेपाल र नेपालीलाई गुणस्तरीय सेवाले जोड्न प्रतिबद्ध छ र अब हामी देशको दूरसञ्चार आवश्यकता र प्रविधि विकासलाई सम्बोधन गर्न अझै जिम्मेबार बनेका छौँ। बहुसंख्यक नेपालीहरुका लागि पाउन कठिन हुने सेवा र सुविधाहरुमा सहज पहुँच सुनिश्चित गराउने अब हाम्रो भिजन हुनेछ। एनसेल इज ‘हामी तपाइँकै लागि’ अर्थात् हामी तपाइँकै लागि हौँ र अझै धेरै वर्ष निरन्तर यात्राका लागि प्रतिबद्ध छौँ।’

नयाँ यात्राको सुरुआतसँगै एनसेलले आफ्नो ब्रान्डको वाचा ‘आज, भोलि, सधैँ सँगै’अन्तर्गत रही ‘हामी तपाइँकै लागि’ थिमको घोषणा गरेको छ। यस थिमअन्तर्गत एनसेलले सामाजिक कार्यहरुलाई अगाडि बढाउन र नेपालमा सामुदाय स्तरमा सार्थक प्रभाव पार्न शृंखलाबद्ध विभिन्न क्रियाकलाप, सहकार्य र कार्यक्रमहरुको घोषणा गरेको छ।

एनसेलले आफ्नो वार्षिक उत्सव मनाइरहेको बेला, ग्राहकहरुसँग खुसियाली बाड्नका लागि आकर्षक अफर पनि ल्याएको छ। प्रत्येक ग्राहक विजेता बन्ने यस ‘हरेक दिन सरप्राइज सबैलाई स्योर प्राइज’ अफरमा सबै ग्राहकले २८ दिन सम्म केही न केही सेवा सरप्राइज लोयल्टी गिफ्ट पाउनेछन्। यस अफरमा एष्ट्रिक्स१७११७ह्यास डायल गर्ने ग्राहकहरुले दैनिक, साप्ताहिक र बम्पर उपहारहरु प्राप्त गर्न योग्य बन्छ्न्। 

दैनिक उपहारमा ग्राहकले एनसेलका सेवाहरु कुनै पनि शुल्क बिना प्राप्त गर्न सक्छन्। प्रत्येक हप्ता एनसेलका १ हजार ग्राहकले रु. १०० ब्यालेन्स पाउनेछन् र अफरको अन्त्यमा सात जना भाग्यशाली ग्राहकले ७ वटा स्कुटर पाउनेछन्। साप्ताहिक र बम्पर उपहारहरु प्राप्त गर्नका लागि ग्राहकहरुले अफर अवधिभर एनसेल सेवाहरु प्रयोग गरेको हुनुपर्छ र एनसेलको बारेमा रचनात्मक नारा एनसेल एप वा एनसेल वेबसाइटमार्फत एनसेलसँग पठाउनुपर्नेछ।

आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) र थिम हामी तपाइँ कै लागि अन्तर्गत, एनसेलले राष्ट्रिय प्यारालम्पिक समिति, नेपालसँग सहकार्यको घोषणा गरेको छ। जसअन्तर्गत कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरुमा नेपालको प्रतिनिधित्व गर्ने प्यारालम्पिक राष्ट्रिय खेलाडीहरुलाई सहयोग गर्नेछ। यस सहकार्यअन्तर्गत एनसेलले राष्ट्रिय खेलाडीहरुको समग्र तालिम र विकासका लागि उनीहरुलाई आवश्यक पर्ने आहार र पोषण वर्षभरि सुनिश्चित गर्न सहयोग प्रदान गर्नेछ।

यसका साथै एनसेलले आफ्नो १८औँ वार्षिकोत्सवको उपलक्ष्यमा सामुदायस्तरमा लागू हुने सामाजिक पहल ‘एटिन फर एटिन’ अर्थात १८ का लागि १८ कार्यक्रम सुरु गरेको पनि घोषणा गरेको छ। यसअन्तर्गत एनसेलले ७ वटै प्रदेशका गैरनाफामूलक संस्थाहरुबाट आ–आफ्नो स्थानीय समुदायलाई हित गर्ने कुनै पनि सामुदायिक विकास परियोजनाका लागि आवेदन दिन आह्वान गरेको छ। इच्छुक संस्थाहरुले एनसेलको वेबसाइट मार्फत आवेदन दिन सक्नेछन्। निश्चित मापदण्ड र प्रक्रिया पुर्याएर छानिने त्यस्ता सीएसआर आयोजनाका लागि कम्पनीले प्रति परियोजना रु १० लाख रुपैयाँ प्रदान गर्नेछ। यस पहलको थप जानकारी एनसेलको वेबसाइट https://www.ncell.axiata.com/en/about/sustainability/here-for-you
बाट वा ई–मेल hereforyou@ncell.axiata.com र ९८०५५५४४४० मा सम्पर्क गरी लिन सकिन्छ।

दिगो विकास लक्ष्यहरु हासिल गर्न सरकारलाई सहयोग गर्ने कम्पनीको प्राथमिकता अनुरुप एनसेलले लामो समयदेखि सीएसआरलाई उच्च प्राथमिकतामा राख्दै आएको छ। विगत १८ वर्षमा एनसेलले शिक्षा, वातावरण र स्वास्थ्य लगायतका विभिन्न क्षेत्रहरुका सामाजिक परियोजनाहरुमा रु. १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी योगदान गरिसकेको छ। सबैभन्दा ठूलो करदातामध्ये एकका रूपमा एनसेलले अर्थतन्त्रमा प्रभावकारी योगदान पुर्याउँदै आएको छ र आफ्नो स्थापनाकालदेखि आर्थिक वर्ष २०७८–७९ सम्ममा कर र शुल्कहरुबापत रु २ खर्ब ८३ अर्बभन्दा बढी तिरिसकेको छ।

एनसेल सेवाले दूरसञ्चार सेवामा पहुँच सुनिश्चित गर्ने काम मात्रै नभएर देशको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) इकोसिस्टमको एक अभिन्न अंग बनेर देशको सामाजिक–आर्थिक विकासमा पनि महत्वपूर्ण भूमिका खेलेको छ। जीएसएम मोबाइल सेवामा सहज र सुलभ पहुँच, थ्रीजीको सुरुवात, एनसेल कनेन्छ मोबाइल ब्रोडब्यान्ड, प्याकमा आधारित भ्वाइस र डेटा सेवा, रु. १.९९ मा देशभर एकै कल दर, चौथो पुस्ताको फोरजी सेवा, एनसेल फर बिजनेस (एनफरबी), भारत, अमेरिका र क्यानडामा स्थानीय कल दर, सजिलो रोमिङ, एनसेल सापटी, ट्विटर र विकीमा निःशुल्क पहँच एनसेलका केही प्रमुख कोसेढुंगाहरु हुन् जसले नेपालको दूरसञ्चार क्षेत्रमा व्यापक परिवर्तनहरु ल्याएका छन्। 

वार्षिकोत्सवकै अवसरमा ‘हामी तपाइँकै लागि’ थिमअनुरुप एनसेलले आफ्नो सीईओ जाब्बोरको इन्स्टाग्राम खाता @ncellceo खोलेको र सो खातामार्फत सर्वसाधारणले सीईओसँग सिधै सम्पर्क गर्न सक्ने घोषणा पनि गरेको छ। साथै, एनसेलका सीईओको ई–मेल​ ceo@ncell.axiata.com मार्फत पनि सीईओसँग कुनै गुनासाहरु भए सीधै राख्न सकिनेछ। यसरी आफ्नो सीईओसँग ग्राहकको सिधै पहुँच सुनिश्चित गराउने एनसेल नेपालको सम्भवत पहिलो कर्पोरेट हाउस हो। ‘ग्राहकहरुले मसँग सीधै सम्पर्क गर्न सक्छन् र यसरी सम्पर्कमा आउने ग्राहकहरुका कुराहरु सम्बोधन भए नभएको हाम्रो सम्बन्धित टोलिले सुनिश्चित गर्नेछ। यसले ग्राहकको अनुभवलाई अझ सुधार गर्नुको साथै थप विश्वास र पारदर्शिताको संस्कृति निर्माण गर्न योगदान गर्नेछ’, जाब्बोरले भने।

यो थिमअन्तर्गत १८औँ वार्षिकोत्सवको अवसरमा अन्य कार्यक्रमहरुको पनि आयोजना गरिनेछन्। मानव विकास सूचकांक न्यून भएका क्षेत्रमा स्वास्थ्य शिविर, रक्तदान, वृक्षारोपण, लैनचौर मैदानमा मैत्रीपूर्ण फुटबल खेल, ग्राहकहरुसँग अन्तरक्रिया गर्न सेलिब्रेटीहरुको एनसेल सेन्टरहरुमा भ्रमण लगायतका कार्यक्रमहरु आयोजना गरिनेछन्। आइतबार (सेप्टेम्बर १७)कै दिन एनसेल व्यवस्थापनका उच्चपदस्त अधिकारीहरु र अन्य कर्मचारीहरु ग्राहकहरुसँग अन्तरक्रिया गर्न र उनीहरुको माया र निरन्तर सहयोगका लागि व्यक्तिगत रूपमा धन्यवाद दिन देशका विभिन्न भागमा रहेका एनसेल सेन्टरहरु र पोइन्ट अफ सेल्सको भ्रमण गरेका थिए।