काठमाण्डौ ।फिनटेक समूह एफवान सफ्ट ग्रूपले फोनपोईन्ट्स नामक कम्पनी सञ्चालनमा ल्याएको छ।

पुस २५ गतेदेखि आधिकारिक रूपमा सो कम्पनी सञ्चालनमा  आएको हो ।

कम्पनीका अनुसार फोनपोईन्ट्सको उद्देश्य नेपालको ‘रिवाड्स’ र ‘लोयल्टी प्रोगाम’ मार्केटमा नयाँ आयाम थप्नु रहेको  छ। 

फोनपोईन्ट्स, लोयल्टी पोइन्टको ‘रिडेम्पसन’ सुविधा प्रदान गर्दै उक्त पोइन्टहरूको प्रबन्धन र व्यवस्थापन गर्ने एक प्लेटफर्म रहेको पनि कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार फोनपोईन्ट्सको उदेश्य ग्राहकहरुको दैनिक भुक्तानीलाई इनामदायी गराउनुको साथसाथै उक्त प्लेटफर्ममा सम्लग्न व्यवसायीहरुको लागि एक लोयल्टि प्रोग्रामको पूर्वाधार सृजना गराउनु पनि हो।

फोनपोईन्ट्सद्वारा ग्राहकहरुले विभिन्न व्यवसायी स्थानहरुमा भुक्तानीको दौरान केहि पोईन्ट्सहरु आर्जन गरी  सो  पोईन्ट्सहरु बाट विभिन्न तरिकाको लाभहरु लिन मिल्ने आधार तयार गरिएको कम्पनीको भनाइ छ ।

कम्पनीको शुरुवातको बारेमा बोल्दै फोनपोइन्ट्सका प्रमुख कार्यकारी अधिकृत सागर पौडेलले फोनपोईन्ट्सको आधिकारिक सुरुवातको घोषणा गर्न पाउँदा निकै खुसी लागेको बताए ।