काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको अगुवाइमा कजरिया रमेश टायल्स लिमिटेडमा लगानी गर्ने सम्बन्धमा सहवित्तीयकरणअन्तर्गत सहभागी बैंकहरुबीच वित्तीय सहजीकरण गर्ने कार्य सम्पन्न भएको छ।

अगुवा बैंकको तर्फबाट एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ तथा रमेश कर्पका तर्फबाट कम्पनीका उपाध्यक्ष रोहित गुप्ताद्वारा एक विशेष समारोहका बीच सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको हो। कार्यक्रममा सहवित्तीयकरणका अन्य सदस्य बैंकहरु नबिल बैंक, नेपाल एसबीआई बैंक र प्रभु बैंकका उच्च पदस्थ अधिकारीहरुसमेतको उपस्थिति थियो। 

नेपाललाई टायल्स उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ नवलपरासीमा रहेको प्लान्टबाट उत्पादन हुने टायल्सको कुल लागत रु. ४०० करोडमध्ये सहवित्तीयकरणअन्तर्गत रु. ३०० करोड लगानी रहनेछ। विश्वको ७ औँ ठूलो टायल्स उत्पादन कम्पनी कजरिया सेरामिक्स भारतको संयुक्त लगानी रहेको कजरिया रमेश टायल्स लिमिटेडले नेपालमा आधुनिक उपकरणहरु प्रयोग गरी गुणस्तिरीय टायल्स तथा सेरामिक्सका अन्य उत्पादनहरु अन्तर्राष्ट्रिय मापदण्डबमोजिम गुणस्तरीय हुने जनाएको छ। मार्च २०२४ बाट सुरुआत हुने उक्त परियोजनाले देशमा हुने टायल्सको माग पूरा गरी आयात प्रतिस्थापन गर्नेमा महत्वपूर्ण योगदान गर्ने विश्वास लिईएको छ।

स्थापनाकालदेखि नै ग्राहकको पहिलो रोजाइको एभरेष्ट बैंकमा हालसम्म करिब १३ लाखभन्दा बढी सन्तुष्ट ग्राहक छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १२७ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १६२ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ। बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ।