काठमाण्डौ । एभरेस्ट बैंकको मोबाइल बैंकिङ एप ‘ईबीएल टच २४’मार्फत स्मार्ट क्यूआरद्वारा भुक्तानी लिने मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्ने भएको छ।
एभरेस्ट बैंकको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले मोबाइल बैंकिङ एप प्रयोग गरी स्मार्ट क्यूआरमा भुक्तानी गरेर सेवाको शुभारम्भ गरेका हुन्।
यो सेवा सुरुआत भएसँगै एभरेस्ट बैंकको मोबाइल बैंकिङ एप प्रयोगकर्ताले भाट–भटेनी सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, मेट्रो सुपर मार्केट, मेट्रो मार्टलगायत स्मार्ट क्यूआर नेटवर्कमा आबद्ध २ लाखभन्दा बढी मर्चेन्टमा सजिलै भुक्तानी गर्न सक्नेछन्।
ग्राहकले भुक्तानी गरेलगत्तै रकम सीधै एभरेस्ट बैंकको खातामा जम्मा हुने सुविधा भएको यस स्मार्ट क्यूआरको सुविधाले बैंकमा खाता रहेका मर्चेन्टहरुलाई थप सुविधा पुग्ने विश्वास बैंककोे छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19