काठमाण्डौ । एमएडब्लु ग्रूप अन्तर्गतको एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर्स प्रालिले जेसिबीको एक्सक्लुसिभ रिटेलर हेटौंडामा  सञ्चालनमा ल्याएको छ ।

कम्पनीले नक्कली पार्टपुर्जाहरुको प्रयोग र जोखिमबाट जोगाउन जेसिबीका सक्कली पार्ट्सहरु आफ्ना एक्सक्लुसिभ तथा नन् एक्सक्लुसिभ रिटेलरहरु मार्फत देशभर बिक्री वितरण गर्दै आएको बताएको छ । 

कम्पनीले आफ्नो एक्सक्लुसिभ रिटेलर ऋतु ट्रेडर्स, हेटौंडा, थाना भर्‍याङमा सञ्चालनमा ल्याएको हो । जसको उद्घाटन हेटाडा उपमहानगरपालिकाका उप-मेयर राजेश बानिया, हेटाडा च्याम्बर एण्ड कमर्सका उपाध्यक्ष प्रमोद सिंह रानाभाट, हेटौंडा अटोमोबाईल्स संघका अध्यक्ष दामोदर प्रसाद अटल, ऋतु ट्रेडर्सका प्रोप्राइटर सागर सापकोटा र एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर्सका प्रतिनिधिले संयुक्त रूपमा गरेका छन् ।

यसको शुरुवातसँगै अब हेटौंडाका ग्राहकहरुले ऋतु ट्रेडर्समार्फत् सजिलै जेसिबीका सक्कली पार्ट्सहरु खरिद गर्न पाउने छन् ।

जेसिबी मेशिनहरुलाई बिगार्ने, काम चलाउ नक्कली पार्टसको बिक्री र प्रयोगलाई निरुत्साहित गर्ने उद्देश्य लिएर JCB लाई JCB मात्र भन्ने नाराका साथ एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर्सको शुरुवात गरेको कम्पनीका प्रतिनिधिले बताएका छन् ।

एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर्स प्रालि नेपालको लागि जेसिबीका जेन्युन स्पेयर पार्टस, टायर्स र लुब्रिकेन्ट्सको आधिकारिक बिक्रेता हो ।