काठमाण्डौ । एमके ग्रुपको रिटेलर मिट सम्पन्न भएको छ। एमके ग्रुपको नेपालका लागि आधिकारिक वितरक सत्यदिप इन्टरनेसनलको आयोजनामा रिटेलर मिट सम्पन्न भएको हो। 

कार्यक्रममा हालै उत्पादन प्रारम्भ गरिएको पेपर क्लच एसेम्बली, क्लच एन्ड ब्रेक लिभर तथा योक, नन–एस्बेस्टस ब्रेक शु र क्लच भेरिएटर लन्च गरिएको छ। देशभरका रिटेलर सहभागी सो कार्यक्रममा एमके क्लचका म्यानेजिङ डाइरेक्टर नितिन भण्डारीले एमके ग्रुप र यसका उत्पादन वारेमा जानकारी प्रस्तुत गरेका थिए। 

एमके क्लचका एक्सपोर्ट्स हेड योगेश काल्रा तथा सत्यदिप इन्टरनेसनलका म्यानेजिङ डाइरेक्टर दिपेन्द्र मिश्र र मार्केटिङ डाइरेक्टर सञ्जीव हमालले सहभागीहरुलाई स्वागत गर्दै सवारीसाधनमा प्रयोग गरिने विभिन्न पार्ट्स गुणस्तरीय हुनुपर्ने र सबै रिटेलरहरुले गुणस्तरीय सामग्री उपलब्ध गराउनका लागि भूमिका खेल्नुपर्ने बताए। 

कार्यक्रममा रिटेलरहरुका लागि नयाँ स्किमसमेत सार्वजनिक गरिएको थियो। नयाँ स्किमअन्तर्गत एमकेका उत्पादन खरिद गर्ने रिटेलरहरुले हाल पाइरहेको छुटभन्दा थप ५ प्रतिशत छुट प्रदान गरिने बताइएको छ। 

सन् १९५९ मा रबर पार्ट्स र ग्यास्केट उत्पादनबाट सुरु भएको एमके ग्रुपको व्यवसाय हालको अवस्थामा आइपुगेको हो। सन् १९६४ मा रबर क्लच प्लेट, सन् १९७६ मा ब्रेक शु, सन् २०१२ मा क्लच एसेम्बली र सेन्ट्रिफ्युगल एसेम्बली, सन् २०१४ मा पेपर क्लच प्लेट हुँदै सन् २०२३ मा ह्यान्ड लिभर र योक उत्पादन कार्यसमेत सुरु भएको छ। 

एमके ग्रुपअन्तर्गत हाल एमके अटो क्लच कम्पनी, एमके लाइड अटो क्लच इन्डस्ट्रिज, भीएनजी अटोमोटिभ्स, भीएनजी ब्रेक्स तथा भण्डारी फोर्ज एन्ड अलोय कास्ट कम्पनी छन्। उत्तरी भारतका विभिन्न ६ स्थानमा एमके ग्रुपका अत्याधुनिक क्लच एन्ड ब्रेक म्यानुफ्याक्चरिङ प्लान्ट छन्।  

सवारीसाधनमा प्रयोग गरिने लिभर र योक, क्लच भेरिएटर, इनर क्लच एसेम्बलिज, कम्प्लिट क्लच एसेम्बलिज, ब्रेक शु, क्लच प्लेट, डिस्क ब्रेक प्याड र पेपर फ्रिक्सन प्लेटका लागि एमके ब्रान्ड लोकप्रिय मानिन्छ। दुईपांग्रे, तीनपांग्रे र चारपांग्रे सवारीसाधनका लागि आवश्यक अटोमोटिभ क्लच र ब्रेक उत्पादक कम्पनीका रुपमा लोकप्रिय एमकेले आफूलाई ‘लिडर इन फ्रिक्सन टेक्नोलोजी’ दाबी गर्छ।