काठमाण्डौ । मोरिस ग्यारेज (एमजी) मोटर्सको एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले एक्सचेन्ज अफर ल्याएको छ। 

आफ्नो १०० औँ वार्षिकोत्सवका अवसरमा एमजीले यो एक्सचेन्ज अफर ल्याएको हो। यस अफरअन्तर्गत ग्राहकले कुनै पनि पुरानो गाडीको सट्टामा नयाँ एमजी जेडएस ईभी घर लैजान सक्नेछन्। 

पारामाउन्ट मोटर्स प्रालिका प्रतिनिधिले भने, ‘एमजी मोटर्सको १०० औँ वार्षिकोत्सवका अवसरमा हामीले यो अफर ल्याएका छौँ। हामीलाई यहाँसम्म आइपुग्न नेपाली ग्राहकले दिनुभएको साथ र विश्वासको अघि हामी सदैव आभारी छौँ।’

साउन २६ गतेदेखि भदौ २४ गतेसम्म लागू हुने यस अफर बनेपा, नारायणगढ, धनगढी, दाङ, बुटवल, भैरहवा, बिर्तामोड, जनकपुर, पोखरा, बिरगन्ज, विराटनगरस्थित डिलरहरुमा उपलब्ध हुनेछ। यस अवधिमा ग्राहकले आफ्नो पुरानो गाडीको उच्चतम मूल्यांकन प्राप्त गरी अधिकतम लाभ उठाउन सक्नेछन्।