काठमाण्डौ । नेपाल मर्चेन्ट बैँकर संघको संयोजकत्वमा ‘टुगेदर फर अ हेल्दी लाइफस्टाइल’ भन्ने नारासहित एमबान स्पोर्ट्स मिट–२०२२ अन्तर्गत गत शुक्रबार विभिन्न खेलकुद प्रतियोगिताहरु सम्पन्न भएका छन्।
स्पोटर््स मिटको उद्घाटन भत्केको पुल अवस्थित धनवन्तरी फुटसलको प्राँगणमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालको प्रमुख अतिथ्यततामा नेपाल मर्चेन्ट बैँकर संघका अध्यक्ष मेखबहादुर थापाले स्वागत गरी सम्पन्न भएको थियो। उद्घाटनसत्रको विशेष अतिथिका रुपमा नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की, सीडीएस एन्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य र नेपाल ब्रोकर्स संघका अध्यक्ष सन्तोष मैनाली रहेका थिए।
स्पोर्ट्स मिटमा नेपाल मर्चेन्ट बैँकर संघका सदस्य संस्थाहरुका साथै नेपाल धितोपत्र बोर्ड र सीडीएस एन्ड क्लियरिङका प्रतिनिधिहरु विभिन्न खेलकुद प्रतियोगितामा सहभागी भएका थिए। प्रतियोगिताअन्तर्गत टेबल टेनिस र ब्याटमिन्टनका विभिन्न विधामा प्रतिस्र्पधाहरु सम्पन्न भएका छन्। जसमा ब्याटमिन्टन प्रतियोगिताअन्तर्गत भएका खेलहरुमा पुरुष डबलतर्फ विजेता नेपाल एसबिआई मर्चेन्ट र उपविजेतामा नागरिक लगानी कोष, महिला डबलतर्फ विजेता प्रभु क्यापिटल र उपविजेता ग्लोबल आइएमई क्यापिटल भएका थिए।
सोही दिन सम्पन्न भएका टेबल टेनिस प्रतियोगिताअन्तर्गत विभिन्न विधाका खेलहरुमा पुरुष सिंगलतर्फ विजेता एनआईबिएल एस क्यापिटल र उपविजेता कुमारी क्यापिटल तथा महिला सिंग तर्फ विजेता र उपविजेता सिद्घार्थ क्यापिटल रहन सफल भएका थिए। त्यसैगरी टेबल टेनिस भेट्रानअन्तर्गत भएका प्रतियोगिताहरुमा विजेता र उपविजेता ग्लोबल आइएमई क्यापिटल रहन सफल भएको थियो।
स्पोर्ट्स मिटअन्तर्गत हुने फुटसलका प्रतिस्पर्धाहरु यही भदौ २४ र २५ गतेका दिन चन्डौलस्थित ढुकु फुटसल हवमा १३ वटा टिमबीच प्रतिस्र्पधा हुनेछ। भदौ २५ गते सम्पूर्ण खेलहरुको पुरस्कार वितरण तथा प्रतियोगिता समापन ढुकु फुटसल हबमा नै विशेष कार्यक्रमबीच गरिने आयोजकले जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago