काठमाण्डौ । चुनावी प्रचारको क्रममा आफूलाई भावी प्रधानमन्त्रीको रुपमा प्रचार गर्न भ्याएका एमालेका वरिष्ठ उपाध्यक्ष बामदेव गौतमलाई सञ्जय गौतमले कडा टक्कर दिइरहेका छन् । 

पछिल्लो मत अपडेट अनुसार बर्दिया १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार बामदेव गौतमले २१ हजार ७ सय ७९ मत ल्याएका छन् भने उनलाई सञ्जय गौतमले २० हजार १ सय ८० मतले टक्कर दिइरहेका छन् । 

बामदेव बाम गठबन्धनतर्फबाट उम्मेद्वार बनेका हुन् भने सञ्जय लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार हुन् । 

यो क्षेत्रमा सुरुवातदेखि नै बामदेवलाई सञ्जयले पछ्याइरहेका छन् । बाम गठबन्धनका हेभीवेट उम्मेद्वारमध्ये थोरै मतअन्तरले अगाडि बढिरहेका नेतामा बामदेव समेत परेका छन् । हालसम्मको मतपरिणाम र टक्कर अनुसार उनले यो क्षेत्रबाट चुनाव सहजै जित्ने संभावना देखिन्न ।