काठमाण्डौ । स्थानीय निर्वाचनको पहिलो चरणको मतगणनाका परिणामहरु धमाधम सार्वजनिक भइरहेका छन् । अहिलेसम्म प्राप्त नतिजाअनुसार विभिन्न क्षेत्रका स्थानीय निकायमा सम्पन्न मतगणनामा एमालेले बढी स्थानमा जित हासिल गरेको छ । हालसम्ममा एमालेले १०, कांग्रेसले ९ र माओवादीले ८ स्थानमा जित हासिल गरेका छन् । 

एमालेले जितेका स्थान
१.शे–फोक्सुण्डो गाउँपालिका, डोल्पा
२.ठूली भेरी नगरपालिका, डोल्पा
३.काइके गाउँपालिका, डोल्पा
४.शिवालय गाउँपालिका, जाजरकोट
५.चामे गाउँपालिका, मनाङ
६.नेस्याङ गाउँपालिका, मनाङ
७.घरपझोङ गाउँपालिका, मनाङ
८.ललितपुरको महाकांल गाउँपालिका
९.तनहुँको देवघाट
१०.स्याङ्ग्जाको फेदीखोला गाउँपालिका

कांग्रेसले जितेका स्थान
१.कुशे गाउँपालिका, जाजरकोट
२.बुङदीकाली गाउँपालिका, नवलपरासी
३.तमानखोला गाउँपालिका, बाग्लुङ
४.नाशोङ गाउँपालिका, मनाङ
५.नार्फु गाउँपालिका, मनाङ
६.बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका, मुस्ताङ
७.थासाङ गाउँपालिका, मुस्ताङ
८.लोमन्थाङ गाउँपालिका, मुस्ताङ
९.डुंगेश्वर गाउँपालिका, दैलेख

माओवादीले जितेका स्थान
१.मुड्केचुला गाउँपालिका, डोल्पा
२.जगदुल्ला गाउँपालिका, डोल्पा
३.गुठचौर गाउँपालिका, जुम्ला
४.हिमा गाउँपालिका, जुम्ला
५.सान्नी त्रिवेणी गाउँपालिका कालिकोट
६.सानीभेरी गाउँपालिका, रुकुम
७.सल्यानको दार्मा गाउँपालिका
८.हुम्लाको ताजाकोट गाउँपालिका

स्वतन्त्रले जितेको स्थान
१.तेञ्जोङ छिरिङ, मुस्ताङ