काठमाण्डौ । नेपालको नम्बर १ टीभी ब्रान्ड एलजीले आफ्ना टेलिभिजन उत्पादनहरुमा आकर्षक क्यासब्याक अफरको घोषणा गरेको छ। खेलकुदको मौसममा नेपाली दर्शकले चाहेको गुणस्तरीय टेलिभिजनको आवश्यकतालाई केन्द्रित गर्दै कम्पनीले एलजी टीभी हरेक खेलप्रेमीका लागि उपयुक्त विकल्प हुने विश्वास लिएको छ। 

यो क्यास ब्याक क्याम्पेन, स्टेडियम कम्स होम, एलजीको टीभीहरुका लागिमात्र हो। यसमा ओलेड, नानोसेल, यूएचडी र स्मार्ट टीभीहरुका विभिन्न आकर्षक मोडलहरु समावेश छन्। ग्राहकहरुले यी टीभीहरु देशभरका कुनै पनि एलजी शोरुम र एलजीको अधिकृत बिक्रेताहरुकोमा गएर खरिद गर्न सक्नेछन्। 

‘एलजी नेपालले आफ्ना ग्राहकहरुलाई सधैं विश्वस्तरीय प्रविधिको अनुभव प्रदान गर्ने प्रयास गर्दै आएको छ। यो अफर क्याम्पेन त्यही निरन्तर प्रक्रियाको एक हिस्सा हो। जहाँ हामी हाम्रा ग्राहकहरुले यस मेगा स्पोर्टिङ इभेन्टको हरेक पलको आनन्द लिनुहोस् भन्ने चाहन्छौँ’, एलजी नपालका ब्रान्ड म्यानेजर मुकेश बैठाले भने। 

३५% सम्म क्यास ब्याक बाहेक ग्राहकहरुले एलजी नानोसेल टीभीको साथ निःशुल्क एलजी साउन्ड बार, निःशुल्क एलजी सर्टिफाइड इन्स्टलेसन, एलजी लोयल्टी क्लब रिवार्ड प्रोग्राम, ०% आकर्षक ईएमआई अप्सन, निःशुल्क डेलिभरी र एक्सचेन्ज अफर पनि पाउनेछन्। 

‘नेपाली ग्राहकहरुले केही खरिद गर्दा उत्पादन भन्दा अरु पनि आशा राख्दछन्। उनीहरु र ब्रान्ड बीचको सम्बन्धको आशा गर्दछन्। ग्राहकहरु र ब्रान्डबीचको यो भावनात्मक सम्बन्धले हामीलाई यो क्यास ब्याक अफर ल्याउन मद्दत गर्यो। जसले आफ्ना साथी र परिवारसँग फुटबल हेर्ने अनुभवका साथै धेरै सेवा र सुविधाहरु पनि प्रदान गर्दछ’, डीजीएम (मार्केटिङ र ब्रान्ड व्यवस्थापन) गौरव हमालले भने। 

टेक्नोलोजी र कन्ज्युमर इलेक्ट्रोनिक्समा विश्वव्यापी आविष्कारक एलजी इलेक्ट्रोनिक्समा विश्वको लगभग सबै राष्ट्रहरुमा उपस्थित छ। जसमा ७५ हजारभन्दा बढीको कार्यबल रहेको छ। 

दक्षिण कोरियाको सियोलमा मुख्यालय रहेको एलजीले २०२१ मा ६३ अर्ब अमेरिकी डलरभन्दा बढीको विश्वव्यापी बिक्री देखाएको छ। एलजीको उपभोक्ता र व्यावसायिक उत्पादनहरु जस्तै– टीभी, घरेलु उपकरण, एयर सोलुसन्स, मनिटर, सर्भिस रोबोट, अटोमोटिभ कम्पोनेन्ट, प्रिमियम एलजी सिग्नेचर र इन्टेलिजेन्ट एलजी थिङ्कक्यु ब्रान्डहरु विश्वभर परिचित छन्।