काठमाण्डौ । एलजीले ऐयर सोलुसन्स सम्मेलन समापन गरेको छ। 

काठमाण्डौको होटल एलफ्टमा शुक्रबार सम्पन्न सम्मेलनमा विभिन्न क्षेत्रबाट सम्मानित व्यक्तिहरुको उपस्थिति थियो। सम्मेलनमा एलजीका विभिन्न उपकरणहरुको बारेमा यस क्षेत्रका सम्बन्धित व्यवसायमा रहेकाहरुलाई यस ऐयर सोलुसन्स उपकरणका बारेमा जानकारी तथा यसका उपयोगिताका बारेमा जानकारी गराइएको थियो। 

यो सम्मेलन दुई सत्रमा विभाजित रहेको थियो। जसअन्तर्गत पहिलो सत्रमा एलजी इलेक्ट्रोनिक्सका प्रतिनिधि सियोन चोई, जेसन पोक र जुनो लिमले एलजी ऐयर सोलुसन्सका विभिन्न उपकरणहरुको प्रस्तुति दिनुका साथै सिजी इलेकट्रोनिक्सका विवेक ज्ञवालीले एलजी ऐयर सोलुसन्सको नेपालमा पदचिह्न र भावी योजनाका बारेमा प्रस्तुति गरेका थिए। 

यस कार्यक्रमको मुख्य आर्कषण LG Business Solutionsअन्तर्गत रहेको Multi VRF, Air Purifier, Dehumidifier, Round Cassette AC, Interactive Display, Digital Signage इत्यादि थिए।

एलजी ऐयर सोलुसन्स सम्मेलनको दोस्रो सत्रमा “ऊर्जा दक्षतामा प्रविधिको भूमिका” शीर्षकमा यस क्षेत्रका विभिन्न विशेषज्ञमाझ छलफल गरिएको थियो। उक्त सत्रमा चौधरी ग्रुपमा म्यानेजिङ डाइरेक्टर निर्वाण चौधरी, एचभीएसी कन्सल्टेन्टका रविन्द्र नाथ भट्टराई, अल्र्टनेटिभ इनर्जी प्रोमोसन सेन्टरकी सहायक डाइरेक्टर शुभलक्ष्मी श्रेष्ठ, अरवन प्लानर अर्किटेक्ट विभुतीमान सिंह, एलजी कोरियाका सियोन चोई र काठमाडौ युनिर्भसिटीका सहायक प्रोफ्रेसर निरन्जन बास्टाकोटीले उक्त छलफलमा आ–आफ्नो अभिव्यक्ति राखेका थिए। 

दोस्रो सत्रको छलफललाई कोरियाका राजदूत पार्क चोङ सुकको विशेष उपस्थितिबीच गरिएको थियो। 

चौधरी ग्रुपले एलजीसँग तीन दशकभन्दा बढी व्यावसायिक सहकार्य गर्दै आइरहेको र यसका साथै विशेष रुपमा ऐयर सोलुसन्स व्यवसाय विगत एक दशकभन्दा बढीदेखि पनि गर्दै आइरहेको जानकारी रहेको छ।